काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ पुनः नियुक्त भएका छन्। सोमबारको मन्त्रिपरिषद्को बैठकले उनलाई नियुक्ति दिएको हो।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मन्त्रिपरिषद्मा पेश गरेको प्रस्तावअनुसार घिसिङलाई नियुक्ति दिइएको हो। एक वर्ष अघि उनको कार्यकाल सकिएपछि तत्कालिन सरकारले उनलाई निरन्तरता दिएका थिएनन् । तर नयाँ सरकार बनेलगत्तै उनले प्राधिकरणमा ‘इन्ट्री’ मारेको हो ।

मन्त्री भुसाले नै प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा पठाउने प्रस्ताव गरेकी थिइन्। शाक्यको सम्मानजनक बहिर्गमनका लागि प्राधिकरणमा खाईपाई आएको तलब सुविधा दिने गरी आयोगमा पठाउने प्रस्तावप्रति अर्थको सहमति आवश्यक पर्छ।

अर्थमन्त्री जनार्दन शर्मा मन्त्रिपरिषद्को बैठकमा उपरिस्थत नभएकोले त्यसको माइन्युट हिजोको बैठकमा नभएको स्रोतको भनाइ छ। यसअनुसार प्रधाकिरणबाट शाक्य आज विदा भएर निस्केका छन्।

त्यस्तै कुलमान घिसिङले भने आज नै कार्यभार सम्हाल्ने तयारी गरेका थिए। तर पत्र नपाएकोले कार्यभार सम्हाल्ने कार्यक्रम रोकिएको छ। सम्भवत उनले भोलि आर्थात बुधबार कार्यभार सम्हाल्नेछन्।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार