३ सेप्टेम्बर, टोकियो । गैरआवासीय नेपाली संघ जापानको नयाँ नेतृत्व चयनका लागि भएको मतदान को मत गणना को नतीजा सार्वजनिक भएको छ ।
मतदानबाट २ उपाध्यक्ष, १ सचिव, १ महिला सदस्य र ५ केन्द्रीय सदस्य चुनिएका छन् । उपाध्यक्षमा शिव प्रसाद पौडेल र सरोज खत्री,सचिवमा जनक बिक्रम शाही, महिला सदस्यमा सिर्जना पाण्डे, अन्य सदस्यहरुमा हस्त लामा,नारायण खडका,बालकृष्ण कँडेल,लाल बहादुर रावल र राजन पौडेल विजयी भएका छन् ।
अनलाइन भोटिङमार्फत गरिएको मतदानमा जम्मा ७२.६५ प्रतिशत मत खसेको निर्वाचन समितिले बताएको छ । १० हजार ३ सय २७ मतदाता रहेको एनआरएनए जापानको अाइतबारसम्म निर्वाचनमा जम्मा ७ हजार ५०३ मत खसेको थियो ।
मतदानका लागि एनआरएनए जापानको १३ वटा क्षेत्रमा मतदान केन्द्र तोकिएको थियो । यसअघि अध्यक्षमा टासी वाङ्दी लामा, बरिष्ठ उपाध्यक्षमा देविलाल भण्डारी, महिला उपाध्यक्षमा अनिता गुरुङ (लामा), महासचिवमा बुद्धिराज घिमिरे, कोषाध्यक्षमा कालिकाथापा र सह-कोषाध्यक्षमा रामथापा (अनिल) सर्बसम्मत् चयन भइसकेका छन् ।
नेतृत्वमा पुग्नका लागि उपाध्यक्षमा ५, सचिवमा २, महिला सदस्यमा ३ र केन्द्रीय सदस्यमा २१ जनाको उम्मेदवारी परेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




