काठमाडौं । कतारस्थित नेपाली दूतावासले ट्रकोइज कन्स्ट्रकसन कम्पनीबाट जारी भएको प्रक्रियागत मागपत्र रद्द गरी अर्को म्यानपावरलाई दिएपछि कतार जान तयार रहेका ३४ नेपाली अलपत्र परेका छन् ।
दूतावासले २५ मार्च २०२१ मा नेपालस्थित विनामाई इन्टरनेशनल प्रालिलाई ३४ श्रमिकको मागपत्र प्रमाणिकरण गरेको भएपनि पुन सोही मागपत्र अर्को म्यानपावरलाई दिएपछि छनोट भएर रोजगारीका लागि कतार जान तयार रहेका नेपाली अलपत्र परेका हुन् ।
दूतावासले प्रमाणिकरण गरिदिएपछि विनामाई म्यानपावरलाई नेपाली श्रमिक पठाउने प्रक्रिया सुरु गरी छनोट भएका श्रमिकको सूची समेत रोजगारदातालाई पठाएको थियो । दूतावासले प्रमाणिकरण गरेको मागपत्रका आधारमा विनामाई म्यानपावरले २६ मार्च २०२१ का वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएको देखिन्छ ।
प्रक्रिया अनुसार दक्ष जनशक्ति छनोट गरी ३४ जना नेपाली युवाको सूची रोजगारदाता ट्रकोइज कम्पनीलाई सूची पठाएपनि पछि एकाएक पहिलो म्यानपावरको मागपत्र रद्द गर्ने रोजगारदातालाई हालसम्म कारवाही गरिएको छैन । केहि दिनपछि विनामाई म्यानपावरले रोजगारदाता कम्पनीसँग श्रमिक पठाउने अनुमति माग्दा माग्दै सो मागपत्र अर्को म्यानपावरलाई दिएको देखिएको छ ।
रोजगारदाता कम्पनीले दूतावासमार्फत प्रमाणिकरण गरेर सोही डिमान्ड स्यारोन मेनपवारलाई पुनः ३४ श्रमिक पठाउन मागपत्र प्रमाणिकरण गरेको छ । स्यारोन कम्पनी र रोजगारदाता कम्पनीले पहिला नै प्रमाणिकरण भएको मागपत्र जाँचबुझ नै नगरी अर्को म्यानपावरलाई दिर्दा कतार जान तयार रहेका ३३ श्रमिक अलपत्र परेका छन् ।
विनामाई म्यानपावर कम्पनीका प्रबन्ध निर्देशक तिर्थबहादुर गुरुङले छनोट भएर विदेश जान तयार रहेका ३३ श्रमिक अलपत्र बनाउने रोजगारदातालाई कालो सूचिमा राख्न वैदेशिक रोजगार विभागमा निवेदन दिएका छन् । नेपाली दूतावासले एकै प्रकृतिका मागपत्रलाई २ पटक प्रमाणिकरण गरेर श्रमिकलाई अलपत्र बनाएको गुरुङको भनाइ छ । आजको कारोबार दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




