टोकियो । बाढी पिडितहरूको उद्दार तथा राहत बितरणमा खटिएको धुर्मुश सुन्तली फाऊण्डेशनको सहयोगार्थ संकलित २ लाख ३० हज़ार नेपाली रुपैयाँ नेपाल पठाईएको छ । सो रकम आईतबार ,जापान मनि एक्स्प्रेस(JME)मार्फत धुर्मुश सुन्तली फाऊण्डेशनको नेपाल स्थित बैंक खातामा पठाईएको हो ।

उक्त रकम, मुलुकमा विपत् पर्दा सँधै सहयोगका लागि जुट्ने युवा,शिव तण्डुकारको संयोजकत्वमा उद्दार दिलका विभिन्न महानुभावहरुबाट सँकलन गरिएको हो । संयोजक तण्डुकारले ,मुलुकको विपतमा तत्काल आफ्नो प्रयासबाट सानो नै भए पनि सहयोग गर्ने मनशाय साथ सो रक़म सँकलन गरेको र त्यसको सहि माध्यमकोरुपमा धुर्मुस सुन्तली फ़ाउन्डेशन रोजेको जानकारी दिए ।

१६ अगस्टदेखी २ सेप्टेम्बर सम्म संचालित यस अभियानमा सिर्जना पाण्डे र सुस्मिता प्रसाँईको समुह तथा जेएमई रेमिट्यान्सले पनि सहयोग गरेको थियो ।

(सहयोग रकम नेपाल पठाउने क्रममा लिईएको तस्बिर)

(हस्तान्तरण स्वरुप रक़म नेपाल पठाउँदा को एक झलक)


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार