मेरो जीवनको सबैभन्दा उर्जाशिल समय बिताइ रहेको देश दक्षिण कोरिया।बिगत केही समय देखि यस भुमीमा परिश्रम गरि रहेको छु।सुरुको दिनबाट नै कोरियामा गठित नेपाली समुदायको विभिन्न संघ सस्थासग नजिकै रहेर सहयोग र सहकार्य गर्दै नियाली रहेको छु।
सन् २००३ मा पहिलो पटक गैरआवसिय नेपाली द्वारा आफ्नो संगठनको आवश्यकता महसुस गरि काठमाडौ बाट सुरु गरेको संस्था NRNA सन् २००६ मा दक्षिण कोरिया हुँदै बिश्वब्यापी रुपमा आज लोकप्रियता पाइरहेको छ।
त्यही सिलसिलामा सेप्टेम्बर १० तारिकको दिन आउन लागेको अधिबेशनले कोरियाको माहोल निकै तातेको छ।बिश्वब्यापी रुपमा फैलिएको यस संस्थाले आफ्नै छुट्टै गरिमा बोकेको छ।संस्थाको आफ्नै मुल्यमान्यता,नियम, कानुन ,कार्यक्षेत्रहरु छ्न।
“नेपालीको लागि नेपाली” मुल नाराको साथ खोलिएको यो संस्था हाल कोरियामा भने आफुलाइ नेपाली समुदाय सामु नेपालीको हितको निमित्त खोलिएको संस्था हो भनेर परिचित गर्न हम्मे हम्मे परिरहेको छ।
झन्डै चालीस हजारको हाराहारीमा श्रम बेचिरहेको दक्षिण कोरियामा श्रमिकको समस्या किन NRNA आफ्नो प्रमुख एजेन्डा कागजमा मात्र बनाउछ ।दिनदिनै आत्माहत्या समस्यले बिकराल रुप लिइ सक्यो अन्य कामदारको सामान्य देखिने तर ज्यानै सम्म लाने समस्या त कति हो कति।पछिल्लो समय बढ्दो विद्यार्थी संख्या अनि तिनको समस्या उस्तै छ।
यहाँ रहेको श्रमिक र विद्यार्थी अत्याधिक मात्रमा मानसिक तनावमा रहेको पनि पक्कै जानकार नै छ होला? सम्बन्धित निकाय।
पटकपटक सम्बन्धित निकाय समक्ष केही मोटिभेसनल कार्यक्रम गरौ समस्या समाधान र न्यूनीकरण सम्बन्धी कसरी कुन उपाय लगाउन सकिन्छ भनेर अनुरोध नगरिएको पनि होइन।हुन त श्रद्धाञ्जली सभामा अथितिको ब्याज भिरेर मैन जलाउदा आनन्द मान्नेहरुलाई यी सबै कुरा फगत लाग्दो हो।
देशको इज्जत लिलाम राखेर शरणार्थी भिसा बोकेर होस या अबैधानिक हुन्डी कारोबारि सबै NRNA प्रतिनिधित्व गर्न भनि अघि आएको छ्न।यी अबैधानिक ब्याक्ती बाट आम श्रमिक र देशले के आशा राख्ने?
सदैव यो संस्थाको पारदर्शितामा प्रश्न उठिरहन्छ।नेपालीले आफ्नो रगत श्रम बेचेर केही राम्रो होला भनेर नेपाल हाउस हाम्रै आफ्नो बनाउन बिशाल कार्यक्रम गरि उठाएको रकम समेत हिजोआज पाहुना बनेर बसि रहेको दुईचार दिन अघि मात्र अन्लाईन पत्रीकामा आएको थियो।किन यस्तो गम्भीर बिषयहरुमा हेलचेक्राइ गरिन्छ। विश्वको बिस्वस्नियताको उदाहरणीय देशमा बसेर बिश्वसामु बिश्वास बोकेको संस्था बाट किन नियम र कानुनको धज्जी उडाइन्छ।लगभग सबै निर्वाचनमा होमिएको प्रतिनिधिको बिगत र बर्तमान हेर्ने हो भनि देशमा वैदेशिक लगानी भित्र्याउन प्रतिबद्धता पाइन्छ ।अहिले सम्मको इतिहासमा NRNA कोरियाको पहल मा कहाँ र कति भित्राइयो। पूरा गर्न नसकिने प्रतिबद्धता किन हामी माझ ल्याइन्छ।
सबैले संस्था दर्ता गर्छु भनी सुरुमा प्रतिबद्धता ल्याउछ तर जिते पछि कुरामै सिमित राख्छ।
साम दाम दण्ड भेद सबै लागाएर जातिय, क्षेत्रिय र राजनीतिक सहयोग लिएर पद हत्याउछन।पद पाए पछि नेपालको नेताहरु झै पछि ब्याच , आषन र भाषण भन्दा बढी अरु काम गर्दैनन।खाली अरुलाइ गाली गर्दै, अरुको आलोचना गरेर आफू राम्रो र चोखो बन्नु सिवाय अरु केही सोच्दैनन।
यो बर्तमान कार्यसमितिको नेतृत्वले घाम जतिकै छर्लङ्ग देखाइसकेको छ।
संस्थाको नाममा पदको दुरुपयोग गर्दै ब्यक्ती हाबी हुने र आफ्नो ब्यक्तिगत लाभको ब्यबसाय संचालन गरेर आफैले आफैलाइ बरिष्ठ समाज सेवि कहलाउदै आफैले प्रचार गरेको देख्दा देखाउनेलाइ भन्दा हेर्नेलाइ लाज भन्ने जतिकै भान हुन्छ।
देशको उपल्लो निकाय सम्म सहजै पहुच राख्ने NRNA जसलाइ सबै यहाँको ब्यावस्था र अवस्थासग जानकार छ तर पनि किन राष्ट्र बैकसंग सहकार्य गरि हामी बाट पठाइने रेमिटेन्सको बैधानिक बाटो खोज्न लागि पर्दैन?
के NRNA कोरिया नेताकार्यकर्ता स्वागत र बिदाइ अनि रात्रि भोज गर्नलाइ मात्र खोलिएको संस्था हो?
दुखको साथ भन्नू पर्छ श्रमिक भिसामा कोरिया भित्रिएको तीन महिनामा आधिकारिक NRNA सदस्य स्वयम् म आफू पाएको छु।यी बिबिध बिषयहरुमा जिम्मेवारी निभाउनु संस्थाको दायित्व हैन र?
तर संस्था स्थिर हुन्छ संस्थालाई चलायमान र कृयाशिल बनाउने कार्य त्यस संस्थाका जिम्मेवार पदाधिकारीहरुको हो।
यदि सहि ब्यक्ती र टिम आएमा संस्थाले गति पाउछ । नकारात्मक सोच भएका खराब आचरण भएका ब्यक्तिहरु हाबि भएमा संस्था निष्क्रिय देखिन्छ।अझ लामो समय सम्म कोरिया बाहिर बसि संस्थाको प्रमुख स्थान ओगटि संस्था चलाउन थाले पछि संस्थाको के हालत होला?
कुनैपनि ब्याक्ती संस्थाको कार्यसमितिमा आउनु पुर्ब नै निजको भिसाको प्रकार भिसा अवधी अबैधानिक काम गरिरहेकी छ या छैन। संस्थालाई आवश्यक मात्रामा समय दिन सक्ने ब्याक्ती हो या हैन किन यी विविध बिषयमा आधिकारिक ब्याक्ती खोज्नु पर्ने अवस्थामा मौन बस्छन् ।फलस्वरूप गतसाल मात्र संस्थाको सचिव जस्तो गरिमामय पदमा रहेको ब्याक्ती द्वारा अनेकौं श्रमजीवी बर्गमा कुठाराघात गरियो।फेरि यस्तै अनुहारहरु अनेक रुप लिएर आउन सक्छ्न आधिकारिक निकाय बेलामा चनाखो भए संस्थाको गारिमा अझ बढ्ने छ।
देश बाहिरको समाज सेवा अझ NRNA प्रतिनिधित्व गर्ने जो कोहि किन नहोस।गोजिमा गाँठ र मनमा आट भएको आउन आवश्यक छ।दुई चार लाखमा आनाकानी गर्ने भए आफ्नो काम गर्दै बसौ।संस्थामा केही लिन हैन केहि दिन नै आउने हो।
बरिस्ठहरुको शब्दमा फेसबुके समाजसेवा गरेरै किन नहोस धन्न देशको गौरवको आयोजनाहरु धुर्मुस सुन्तली फाउन्डेसन,राष्ट्रिय आविष्कार केन्द्र लगाएतको हरेक क्षेत्रमा एकहुल साथीहरु लागि रहेर सिङ्गो कोरियाबासी नेपालीको सान बढाइरहेको छ्न।
खैर अन्त्यमा नेपथ्यले आवाज भरेको रबिन्द्र मिश्रको शब्द सम्झिए
“विगतबाट सिक्ने हो बोकी हिँड्ने हैन
अल्झी बसे एकै ठाउँ शिखर देखिँदैन
उहिलेको पीडा भुल्न सकौँ
मनको मैलो धुन सकौँ
धुन सकौँ धुन सकौँ हे
अनि पो नेपाली हामी नेपाली”
फेरि पनि आउदो अधिबेशन कोरिया NRNA को कोसेडुङ्गा साबित होस।सबैमा शुभकामना ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




