काठमाडौं । ट्याक्सी, मोटरसाइकल, कार र बसहरु बग्रेल्ती गुड्ने सहर पोखरामा टेम्पु भने चल्दैनन् । प्रदूषण बढ्छ, जोखिम हुन्छ भनेरै पोखरेलीहरुले ३ पांग्रे टेम्पु भित्रन उहिल्यै रोक लगाएका थिए ।
यो साता भने पोखराका टोलटोल र चोकचोकमा टेम्पु देखिए । तिनले यात्रु भने ओसारेका थिएनन् । टेम्पुमा माइक जडान थियो । माइक बज्थ्यो र भन्थ्यो–पाल्पाका चुडाबहादुर रुचाल मिर्गौला पीडित र आर्थिक अवस्था कमजोर भएको हुँदा उनका लागि आर्थिक सहयोग गरिदिनुहोला ।
कहिले बैदाम, कहिले लेखनाथतिर त कहिले पोखराका गल्लीगल्लीमा त्यस्तो माइकिङ भइरहेको थियो । कति ठाउँका चोकहरुमा चाहिँ केही समय टेम्पु बिसाएरै घन्टौं वा दिनभरजसो आर्थिक सहयोगको अपिल पनि भइरहेको थियो । यस्तो दृश्यमा जब प्रहरी नजर प¥यो, शंका लाग्यो ।
बुझ्दै जाँदा त्यसरी सहयोगको अनुरोध गर्नमात्रै पोखरा महानगरपालिकाभित्र १० वटा टेम्पु खटिएका रहेछन् भन्ने पत्ता लाग्यो । जे भनेर चन्दा संकलन गरिएको थियो, त्यसका लागि कतैबाट अनुमति लिएको प्रमाण पनि भेटिएन ।
इलाका प्रहरी कार्यालय शिशुवाका प्रमुख डिएसपी महेन्द्र मरासिनी नेतृत्वको टोलीले तिनैलाई पछ्याउँदै जाँदा प्रहरीले टेम्पुवाला पोखरा २६ विजयपुरस्थित न्यु हाइवे स्टाफ होटल एन्ड लजमा बस्ने गरेको भेटेको थियो । त्यहाँ त एक वा दुई होइन १० वटा टेम्पु भेटिए ।
मिर्गौला पीडितका लागि भन्दै ठाउँठाउँमा चन्दा संकलन गर्ने उनीहरुको धन्दा नै रहेको प्रहरीले पत्तो पायो । त्यसपछि कास्की प्रहरीले अवैध रुपमा चन्दा संकलन गरिरहेको आरोपमा २ जनालाई पक्रेको छ ।
झापा विर्तामोड नगरपालिका ९ की ३४ वर्षीया एलिजा बस्नेत, वडा नम्बर १ का ३२ का टेकबहादुर बस्नेत, झापाकै हल्दीबारी गाउँपालिका १ का ४४ वर्षे धनबहादुर सेन्चुरी पक्राउ परेका हुन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




