पोखरा, २० भदौ । नेपालको तराई क्षेत्रका बासिन्दाका लागि साउनको अन्तिम हप्ता निकै दुःखद बन्यो । चितवन जिल्लामा लगातार आएको बाढीका कारण प्रत्येक पीडितले यतिखेर ज्यान त बाँच्यो, खाने गाँस र बस्ने बास केही पनि छैन अब कसरी बाँच्ने हो भन्दै पीडा व्यक्त गर्न थालेका छन् ।
काठको खम्बा र बाँसको कपेटाले बारेर माटोले पोतेर बनाइएका अधिकांश घरमा बाढी पसेर सञ्चित खाद्यान्न र आवश्यक सामग्री बगाएपछि तिनीहरूलाई विशेषगरी खानेकुराको चिन्ताले सताएको छ । ‘घरमा सञ्चित १० क्विन्टल धान, मकैलगायत सम्पूर्ण खाद्यान्न बाढीले बगायो, खेतमा भएको धान भलले पु¥यो, अब खै के खाएर बाँच्ने हो ।’, भरतपुर महानगरपालिका—२८ पर्साबजारकी सुशीला कुमालले मलिनो अनुहार पार्दै दुखेसो सुनाईन् । कुमालले भनिन् गत साउन २८ गते बिहान लगभग १० बजेको समयमा एक्कासि राप्ती नदी बस्तीमा पसेपछि दुई छोरीलाई सुरक्षित स्थानमा पठाउन त भ्यायौँ, आफू सामानको सुरक्षा गर्दै गर्दा भल घरभित्र पस्यो भाग्दै गर्दा घाँटीसम्म आएको पानी खाँदै ज्यान बचाउन सफल भयौँ । कुमालले सुनाईन् । ‘बाढी आयो गयो, घरमा जाँदा झण्डै चार फिट डुबाइसकेको थियो ।’ उनले अगाड सुनाईन ‘खाद्यान्नलगायत लत्ताकपडा, भाँडाबर्तन, बच्चाका शैक्षिक सामग्रीलगायत सम्पूर्ण सामान बगाएको छ ।’ छ दिनसम्म दाताले दिएको भुजा र चिउरा खाएर सास धानिएको उहाँको भनाइ छ । बाढीले घर भत्कायो, बस्ने बास छैन खानेकुरा पनि केही रहेन शरीरमा लगाएको लुगाबाहेक अरु केही बचेको छैन, चारजनाको परिवार आफन्तको घरमा आश्रय लिइरहेका छौँ, अर्का भरतपुर–२८ स्वामीचोकका जीवनकुमार बोटेले पीडा सुनाए । उनको दुई लाखको लागतमा तीन कट्ठा जग्गामा बनाएको माछापोखरी बाढीले पुरिएको छ भने नौ कट्ठा क्षेत्रफलको धानखेत सबै बाढीले पुरेर मरुभूमि जस्तै भएको पर्साबजारका शिखाराम कुमालले गहभरी आँसु पार्दै सुनाए । चौध वर्षअघि २०५९ साल साउन महिनामा सो क्षेत्रमा राप्ती नदी पसेको स्मरण गर्दै उहाँले पहिलेको भन्दा अहिले बाढी ठूलो आएको बताए । बाढीग्रस्त क्षेत्रका बासिन्दा अहिले बास र खानेकुराको अभावसँगै विषालु सर्पको त्रासमा परेका छन् । गोठाघाट, अर्घौली, पर्साबजार, काशीराम टोल, मोघीटोल, माझटहरा, जितपुर, तामाङबस्ती, सिसाबासलगायत यस क्षेत्रका बाराही जंगल रिसोर्ट र श्री होटललाई समेत ठूलो क्षति पुगेको वडाध्यक्ष आशबहादुर कुमाल बताउछ । उनका अनुसार बाढीबाट कूल एकहजार ८३ घरका पाँच हजार ५९३ जनाको लगभग रु ३० करोडभन्दा बढीको क्षति भएको छ । यसमध्ये ११ घर पूर्ण, ५०३ आंशिक र ५६९ घरधुरीमा सामान्य क्षति पुगेको तथ्यांक संकलन गरी जिल्ला प्रशासन र भरतपुर महानगरपालिका कार्यालयमा क्षतिपूर्तिको मागसहित पेश गरिएको छ । तराईको बाढी प्रभावित क्षेत्रमा राहत सामग्रीसहित पुगेको पोखरा पर्यटन परिषद् प्राकृतिक प्रकोप सहयोग समितिको टोलीसमक्ष बाढी प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले माथि उल्लिखित पीडा पोखेका हुन् । भरतपुरको वडा नं २८ र १३, सौराहाको बस्यौली, नवलपरासीको सुस्ता र माडी नगरपालिकाका एक हजारभन्दा बढी बाढी प्रभावित परिवारलाई रु २४ लाख मूल्य बराबरको राहत सामग्री वितरण गरिएको समितिका संयोजक गणेशबहादुर भट्टराईले जानकारी दिए । पोखराका पर्यटन व्यावसायिक संस्थाहरू हान, नाट्टा, रेवान, टेसा, ना, एगा, बुकसप, स्पा, पर्यटन यातायात, टान, मनिचेञ्जर, प्रतिनिधि समाज, रेम्बो चिल्ड्रन, नारा, क्वालिटी अफ लाइफ नेपालको सहभागिता रहेको उनले बताए । विभिन्न चार टोलीमार्फत बाढीपीडितलाई चामल, दाल, तोरिको तेल, नूनलगायतका खाद्यान्नसहित म्याट्रेस, झुल र ब्ल्याङ्केट तथा शैक्षिक सामग्री वितरण गरिएको थियो । तराईमा आएको बाढीको कारण दुखेका मनलाई पहाडबाट केही हदसम्म भएपनि मलम लगाउन सकेकोमा आत्मसन्तुष्टि मिलेको पर्यटन व्यवसायी एवं पोखरा उद्योग वाणिज्य सङ्घका सदस्य गोमा ढकाल बताउछ । राहत संकलन र बाढीग्रस्त क्षेत्रमा पुगेर पीडितलाई अत्यावश्यक सामग्री वितरण गरेर यस वर्षको तीज मनाएको बताउँदै उनले बाढी प्रभावित क्षेत्रका महिला र बालबालिकाको अवस्था जटिल रहेको बताए । घरभित्र र खेतबारीमा रहेको अन्नलगायत सम्पूर्ण बन्दोबस्तीका सामग्री नष्ट हुनाका साथै गोठमा रहेका चौपायासमेत बगाएर भूकम्पको भन्दा ठूलो क्षतिमा परेका तराईका बाढीपीडितलाई सरकार र स्थानीय तहबाट तत्कालीन र दीर्घकालीन योजना बनाएर उचित राहतको व्यवस्था गर्नुपर्ने यस क्षेत्रसँग सम्बन्धित विज्ञको सामूहिक धारणा छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- नेपाल हाउस जग्गा विवादमा मध्यममार्ग खोजिँदै, नोभेम्बर १५ मा संयुक्त बैठक आह्वान
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु




