काठमाडौं । कात्तिक २५ गतेपछि तपाईंको घरमा कोही नयाँ मान्छे आएर ‘तपाईंको बैक खाता छ कि छैन ?’ बैंक तथा वित्तीय संस्थामा ऋण लिनुभएको छ कि छैन ?’ भनेर पनि सोध्न सक्छन्। प्रश्न सोध्ने अरू कोही नभई राष्ट्रिय जनगणनाका खटिएका गणक हुनेछन्। उनीहरूले तपाईंको पुर्खाको भाषा कुन हो ? जागिरको खोजी गर्नुभएको छ छैन ? भन्नेलगायत पनि जिज्ञासा राख्नेछन्।
संघीयतापछि पहिलो पटक हुन गइरहेको जनगणनामा १२ वटा नयाँ प्रश्न थपिएका छन्। विगत सय वर्षअघि भएका जनगणनामा सोधिएका भन्दा भिन्न प्रश्न हुनेछन्। नेपालमा १९६८ बाट जनगणना सुरु भएको हो। जुन बेला चन्द्रशमशेर प्रधानमन्त्री थिए। प्रत्येक १०–१० वर्षमा जनगणना गरिन्छ।
अबको जनगणनामा ८० वटा प्रश्नावली छन्। केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेवीललाल श्रेष्ठले संघीयतापछिको पहिलो जनगणना भएकाले १२ नयाँ विषयवस्तु समेटिएको जानकारी दिए। यो जनगणनामा भाषाको विषय प्रमुखताका साथ राखिएको छ।
उनका अनुसार विगतमा मातृभाषा र दोस्रो भाषाको विषय मात्रै थियो। अब भाषासम्बन्धी ३ प्रश्न छन्। ‘मातृभाषा, दोस्रो भाषा र पुर्खाको भाषा कुन हो रु भन्ने प्रश्नावली छ,’ महानिर्देशक श्रेष्ठले भने, ‘जन्मदर्ता विषयले प्रवेश पाएको छ।’
हरेक परिवारको बैंक तथा वित्तीय संस्थाका खाता भएरनभएको, प्राविधिक तथा व्यावसायिक शिक्षा लिएरनलिएको सम्बन्धी प्रश्न पनि सोधिनेछ। घर बस्नका लागि हो वा व्यावसायिक प्रायोजनका लागि हो ? भन्ने पनि विवरण संकलन गरिँदैछ। घर पनि सिनेमा हल हो कि ? व्यापारिक कम्प्लेक्स वा उद्योग, कलकारखानाको हो वा बासस्थानका लागि हो ? भन्ने प्रश्नको उत्तर पनि खोजिँदैछ। अन्नपूर्ण पोस्ट दैनिकमाछ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




