काठमाडौं । बागमती प्रदेश सरकारले कात्तिक १ गतेदेखि लागू हुने गरेर बागमती प्रदेश भित्र चल्ने सार्वजनिक यातायातको भाडा २३ प्रतिशतले वृद्धि गरेको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले कात्तिक पहिलो सातादेखि लागू हुने गरी भाडा बढाएको हो ।
यसका साथै प्रदेश सरकारले काठमाडौं उपत्यकाको हकमा छुट्टै भाडादर लागू गरेको छ । प्रदेशले बढाएको नयाँ भाडादर अनुसार अब काठमाडौं उपत्यकामा यात्रा गर्ने यात्रुले ३५ रुपैयाँसम्म भाडा तिर्नुपर्ने भएको छ । उपत्यकामा यात्रा गर्ने यात्रुले २० किलोमिटरभन्दा बढीको दूरीमा यात्रा गर्ने यात्रुले ३५ रुपैयाँ भाडा तिर्नुपर्ने छ । यस्तै, २० किलोमिटरसम्मको दूरीमा यात्रा गर्ने यात्रुले ३० रुपैयाँ भाडा तिर्नुपर्ने भएको छ ।
यसका साथै, प्रदेश सरकाले बढाएको नयाँ भाडादरअनुसार १५ किलोमिटरको दूरीभित्र यात्रा गर्ने यात्रुले २८ रुपैयाँ, १० किलोमिटर भित्र यात्रा गर्ने यात्रुले २३ रुपैयाँ र ५ किलोमिटरसम्मको दूरीमा यात्रा गर्ने यात्रुले १८ रुपैयाँ भाडा तिर्नुपर्ने भएको छ ।
समायोजित भाडादर अनुसार अब उपत्यकामा यात्रा गर्ने यात्रुले सबैभन्दा छोटो दूरीमा यात्रा गर्दा कम्तिमा १८ रुपैयाँ भाडा तिर्नुपर्ने भएको छ । यसअघि, सार्वजनिक यातायातले सबैभन्दा छोटो दूरीको यात्रा गर्ने यात्रुसँग न्यूनतम १५ रुपैयाँ लिँदै आएका थिए । यद्यपि, छोटो दूरीको भाडादर भने १३ रुपैयाँ कायम थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




