काठमाडौं । दसैँमा शहरबाट कसरी घर फर्कने भन्ने सर्वसाधारणमा चिन्ता हुन्छ । तर नेपाल सेनाले भने आफ्ना सैनिक र तिनमा आश्रित परिवारजनलाई दसैँमा घर जानका लागि निस्शुल्क गाडी र हेलिकोप्टरबाट सेवा गर्ने घोषणा गरेको छ ।
सेनाको कल्याणकारी सुविधाअन्तर्गत घर बिदामा जाने बहालवाला सैनिक र उनीहरुका परिवारलाई सो सुविधा दिइएको हो । प्रधान सेनापति प्रभुराम शर्माले आफ्नो पद बहालीसँगै सकल दर्जा र आश्रित परिवारलाई कल्याणकारी सुविधा थप गर्ने घोषणा गरेका थिए ।
नेपाली सेनाले दसैँमा आफ्नो गाउँ फर्कन चाहने सैनिकका आश्रित परिवारलाई बस र हेलिकप्टरबाट निशुल्क रुपमा पठाउन थालेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
असोज १८ देखि नै सेनाका आश्रित परिवारलाई गाडी र हेलिकप्टरमा पठाउन शुरु गरिएको सैन्य प्रवक्ता ९सहायकरथी० सन्तोष बल्लभ पौड्यालले बताए । यस्तो सहुलियतपूर्ण यातायात सुविधा असोज २९ गतेसम्म जारी राख्ने उनले बताए ।
जंगी अड्डाले सडकको सहज पहुँच नपुगेका डोल्पा र हुम्ला जस्ता जिल्लामा हेलिकप्टरबाट सेनाका आश्रित परिवारलाई घर पठाएको छ । अहिलेसम्म हवाई उडानमार्फत ८६ र गाडीबाट ५२० जनालाई गन्तव्यमा लगिएको सैन्य प्रवक्ता पौड्यालले बताए ।
निशुल्क यातायात सुविधा काठमाडौं उपत्यकाबाट बाहिर जाने र उपत्यका बाहिरबाट काठमाडौं फर्किन चाहने सैनिक परिवारले प्रयोग गर्ने पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




