काठमाडौं, चैत २९ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र नवनियुक्त प्रहरी महानरीक्षक प्रकाश अर्यालबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले अर्यालको कार्यकाल सफलताको कामना दिएको उनको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्डले देशमा निर्वाचन घोषणा भइसकेको अवस्थामा शान्ति सुरक्षा कायम गर्दै निर्वाचन सफल पार्न नेपाल प्रहरीको भूमिका महत्वपूर्ण रहेकाले कानूनले सुम्पेको जिम्मेवारी निष्पक्ष ढंगले निर्वाह गर्न निर्देशन दिए समेत दिए ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार