दाङ, २९ भदौं । दाङ उपमहानगरपालिकाले सुत्केरी स्याहार प्रोत्साहन पोषण भत्ता स्वरुप पाँच हजार दिने भएको छ ।
मातृृ तथा शिशु मृत्युदर घटाउन र सुरक्षित मातृ स्याहार गर्नका लागि सुनौलो हजार दिनका आमामा लगानी कार्यक्रम ल्याएको उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बताए । सुत्केरी स्याहार प्रोत्साहन पोषण भत्ता कार्यक्रम साउन १ गतेदेखि तुलसीपुर उपमहानगरपालिकाका १९ वटै वडामा लागू हुनेछ । गर्भवती भएदेखि सुत्केरी भएको ३५ दिन भित्रको आमा र बच्चालाई उत्प्रेरणा र पोषण स्थितिमा आमा र बच्चाको स्वास्थ्य सुधार गर्नका लागि महिला र बालबालिका कार्यक्रमअन्तर्गत कार्यक्रम ल्याएको उपमहानगरपालिकाले जनाएको छ । कार्यक्रमअन्तर्गत प्रसूति सेवा सरकारकोे सूचीकृत संस्थाबाट सेवा लिएको सुनिश्चित गरिएको कागजात पेश गरी प्रसूति जाँच गरेको बच्चालाई बी.सी.जी. खोप लाएको र ३५ दिनभित्र वडा कार्यालयमा जन्मदर्ता गराएको प्रमाण पेश गर्नुपर्ने प्रावधान रहेको छ । सुत्केरी स्याहार प्रोत्साहन पोषण भत्ता कार्यक्रम ल्याउनुको मुख्य उद्देश्य आमा र बच्चालाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु, असल पारिवारिक वातावरणमा पोषणयुक्त खाद्य वस्तु उपभोग गर्नु, आमा र शिशुको मृत्युदरमा कमी ल्याउनु, महिला र बालबालिका मैत्री सेवा विस्तार गर्नु निरोगी सुपोषित र स्वावलम्बी नागरिक निर्माण गर्नु रहेको बताइएको छ ।
प्रसूति स्याहार प्रोत्साहन पोषण भत्ता पाँच हजार दुई किस्ता गरी दिइने छ । जसअन्तर्गत चारपटक गर्भ जाँच र सूचीकृत स्वास्थ्य संस्थामा (नेपालभर या बाहिर पनि) प्रसूति सेवा लिएमा रु ९०० प्रसूति सेवा लिएका संस्थाबाट प्राप्त हुनेछ । दोस्रो किस्ता रकम रु चार हजार १०० तुलसीपुर उपमहानगरपालिकाको वडा कार्यालयबाट उपलब्ध गराइनेछ । प्रसूति स्याहार प्रोत्साहन पोषण भत्ता एकजना महिलालाई दुईवटा बच्चा वा दुईपटक प्रसूति सेवासम्म मात्र उपलब्ध गराइने छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




