काठमाडौं, ३० भदौ । नेपालीहरुको सबैभन्दा ठुलो पर्व दशै नजिकिदैछ । दशैंमा अत्यधिक मात्रामा खसीबोका, भेडाच्याङ्ग्रा, राँगा लगायतका चौपाया खपत हुन्छ । मासु उपभोग गरिने चौपायाको खरिद –विक्रीका कारोबार धेरै हुने भए पनि कस्ता चौपायाका मासु उपभोगजन्य हुन्छन् भन्ने जानकारी अधिकांश उपभोक्तालाई रहेको पाइन्न । रोगी चौपाया, गुणस्तरहिन मासुको उपभोगका कारण धेरै रोगहरू निम्तिन पनि सक्छन् । त्यसैले दशैंमा चौपाया या माछामासु किन्दा विशेष ख्याल गर्नु आवश्यक छ । ठूलो मात्रामा आयात हुने, कतिपय अवस्थामा लुकाईछिपाई भित्र्याइने, आयात भएका सबै चौपायाको पूर्ण परीक्षण नहुने लगायतका कारण बजार पुगेर कारोबार हुनु अगावै पनि कतिपय चौपाया मर्ने, रोगी हुने लगायतका समस्या देखिन सक्छन् । त्यसका अलावा उपभोक्ताले किन्ने समयमा पनि चौपायामा समस्या आउन सक्छ । यस्तो अवस्थामा चौपाया किन्दा उपभोक्ता स्वयंले पनि ध्यान दिनु आवश्यक छ । हतारमा खरिद गर्ने, किन्नुअघि राम्रोसँग नहेर्ने हो भने रोगी चौपाया उपभोग गर्दा स्वास्थ्य समस्या निम्तिने जोखिम हुन्छ । पशु स्वास्थ्य निर्देशनालयकी पशु चिकित्सक लुना डंगोल दशैंमा चौपाया किन्दा उपभोक्ता स्वयंले पनि ख्याल राख्नुपर्ने बताउँछिन् । ‘निर्देशनालयले आफ्नो तर्फबाट चौपायाको परीक्षण त गरिरहेकै हुन्छ,’ उनी भन्छिन्, ‘तर, उपभोक्ताले पनि खरिद गर्नेबेला ख्याल गर्दा सम्भावित जोखिमबाट बच्न सकिन्छ ।’
चौपायाको स्वास्थ्य परीक्षण गरी निर्देशनालयले रंग लगाउने गर्छ । निर्देशनालयका अनुसार पशु प्राविधिकहरूले चौपायाको स्वास्थ्य परीक्षण गरेर स्वस्थ र उपभोगयोग्य चौपायामा हरियो रंगको चिह्न लगाएका हुन्छन् भने विरामी र उपभोग गर्न नमिल्ने चौपायामा रातो रंग लगादिएका हुन्छन् । निर्देशनालयले सामान्य स्वास्थ्य परीक्षण गरेर त्यसको आधारमा रंग लगाउँछ । ‘चौपायाको आयात हुने उपत्यकाका मूख्य नाकामा निर्देशनालयको क्वारेन्टाईन हुन्छ, त्यहीँबाट चौपायाको स्वास्थ्य परीक्षण गरेर रंग लगाएर पठाइन्छ,’ पशु चिकित्सक डंगोल भन्छिन् ।निर्देशनालयले सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर त्यस्तो क्वारेन्टाइन स्थापना गर्ने तयारी भएको बताएको छ । निर्देशनालयले बनेपा, नाकढुंगा, कलंकी, बल्खु लगायतका चौपाया आयात हुने स्थानमा पशु स्वास्थ्य परीक्षण कार्यालय स्थापना गर्ने तयारी गरेको डंगोलले बताईन । अन्य समय पनि यस्तो काम नियमित भए पनि दशैंको समयमा यसलाई बढी चुस्त बनाइँदै आएको छ । क्वारेन्टाइनका लागि कर्मचारीको व्यवस्थापन गरिरहेको निर्देशनालय बताउँछ ।
निर्देशनालयका अनुसार चौपायाको शारिरीक लक्षण हेरेरै पनि ती उपभोगयोग्य भएरनभएको पत्ता लगाउन सकिन्छ । ‘छाम्दा तापक्रम बढी भएको, सिंगान बगेको, चिप्रा लागेको, झुम्म परेको देखिने चौपाया रोगी हुनसक्नेछ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




