
काठमाडौं । चालु आर्थिक वर्ष २०७८–७९ मा पहिलो चार महिनामा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या १ लाख ३६ हजार पुगेको छ । वैदेशिक रोजगार विभागका अनुसार कात्तिकमा करिब ५५ हजार, असोजमा ४० गरी ९५ हजार, साउन र भदौमा ४१ हजार ८४१ ले श्रम स्वीकृति लिएर विदेश गएका छन् ।
पछिल्लो कात्तिक महिनामा ५० हजार ६२३ पुरुष र चार हजार २९५ महिला गरी ५४ हजार ९१८ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ । कात्तिकमा श्रम स्वीकृति लिएकामध्ये ३० हजार १८ जनाले पहिलो पटक श्रम स्वीकृति लिएका छन् भने बाँकीले पुनः श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।
विभागका अनुसार चालु आवको साउनमा २५ हजार ४२८ र भदौमा १६ हजार ४००, असोजमा ४० हजार र कात्तिकमा ५५ हजारले श्रम स्वीकृति लिएका छन् । यो सङ्ख्या गत आर्थिक वर्षको सुरुको चार महिनाभन्दा तेब्बरले बढी हो । चालु आर्थिक वर्षको चार महिनामा वैदेशिक रोजगारीका लागि धेरैको रोजाइमा कतार भएको छ ।
सो अवधिमा ५० हजारभन्दा बढी श्रम स्वीकृति लिएर कतार गएका छन् । कतारपछि साउदी अरब जान लगभग ४२ हजारले श्रम स्वीकृति लिएका छन् । त्यस्तै संयुक्त अरब इमिरेट्स ९युएई०, मलेसिया, कुवेत, ओमान र बहराइनलगायतका देश छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




