नयाँदिल्ली — दिल्ली–काठमाडौं बस सेवा बुधबारदेखि पुनः सञ्चालनमा आएको छ । दिल्ली सरकारको सरकारी बस सेवा प्रदायक कम्पनी (डीटीसी) ले बुधबारबाट सेवा पुनः सुरु गरेको छ । कोभिडका कारण २३ मार्च २०२० देखि उक्त बस सेवा बन्द थियो ।
दिल्ली–काठमाडौं मैत्री बस सेवा सन् २०१४ को नोभेम्बर २५ बाट सुरु भएको थियो । कोभिडका कारण बन्द रहेको बस सेवा पुनः सञ्चालनमा आएको हो । दिल्लीको अम्बेडकर स्टेडियम बस टर्मिनलबाट बुधबार बिहान ११ बजे डीटीसीको बस काठमाडौंका लागि छुटेको हो । यात्रु क्षमता ३८ जना भए पनि बसमा १२ जना यात्रु मात्र थिए ।
नेपाल र भारत दुवै सरकारको पहलमा संयुक्त रूपमा दिल्ली–काठमाडौं–दिल्ली बस सेवा सञ्चालन गरिएको हो । नेपालका तर्फबाट मञ्जुश्री यातायातले तीन दिन तथा भारतका तर्फबाट दिल्ली सरकारको डीटीसीले तीन दिन बस चलाउने गरेको छ ।
आइतबारबाहेक साताका सबै दिन दुवैतिरबाट बस खुल्ने गरेको मञ्जुश्री यातायातका दिल्ली म्यानेजर राम पौडेलले बताए । भारत सरकारका तर्फबाट बुधबारबाट मात्रै बस सञ्चालनमा ल्याइए पनि मञ्जुश्री यातायातले भने एक महिना अगाडिबाटै बस सञ्चालनमा ल्याइसकेको थियो । मञ्जुश्रीले सातामा तीन दिन चलाइरहेको थियो ।
अब डीटीसीले बाँकी तीन दिन चलाउने भएको छ । डीटीसीले दिल्लीबाट सोमबार, बुधबार र शुक्रबार तथा काठमाडौंबाट मंगलबार, बिहीबार र शनिबार बस चलाउनेछ । आइतबारबाहेक र डीटीसीको पालो नरहेको बाँकी दिन मञ्जुश्री यातायातको बसले ओहोरदोहोर गर्नेछ ।
बसमा यात्रा गर्नेले कोभिड–१९ को पूर्ण मात्रा लिएको प्रमाणपत्र र ७२ घण्टाभित्रको कोभिड–१९ विरुद्धको नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ । दिल्लीदेखि काठमाडौंको १ हजार १ सय ६७ किलोमिटर यात्रा गर्न बसमा करिब २६ घण्टा लाग्छ । त्यसका लागि यात्रुले २ हजार ८ सय भारु भाडा तिर्नुपर्छ । यसअघि भाडा दर २ हजार ३ सय भारु थियो । आजको कान्पिुर दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




