काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीको दुई मध्ये एक कोटामा गगन थापा जित नजिक पुगेका छन् । १४औं महाधिवेशनअन्तर्गत सानेपास्थित कांग्रेस मुख्यालयमा बिहीबार बिहानबाट सुरु भएको मतगणनामा महामन्त्रीमा गगन थापा जित नजिक पुगेका हुन् । ३१२० मत गन्दा थापाले २०३७ मत ल्याएका छन् ।

सोमबार भृकुटीमण्डपमा भएको मतदानमा कुल ४ हजार ६ सय ७९ मत खसेको थियो । अहिले पार्टी कार्यालय अगाडि थापाका शुभेच्छुकहरुले नारबाजी गर्दै मतदान गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् । उनीहरुले ‘कांग्रेसभित्रको क्रान्ति दुई तिहाइको महामन्त्री’, आमाबाबु दाजु भाइ, धन्यवाद छ सबैलाई’ भन्दै नाराबाजी गरिरहेका छन् ।

यस्तै, विश्वप्रकाश शर्माले १२५५, प्रकाश शरण महतले १०२४, प्रदीप पौडेलले ९३५, मीनेन्द्र रिजालले ५४६ मत र राजाराम कार्कीले ७५ मत प्राप्त गरेका छन् । यही अनुपातमा मत खसे विश्वप्रकाश शर्माले पनि जित्‍न सक्ने सम्भावना देखिएको छ ।

महत र पौडेल संस्थापन प्यानलबाट उम्मेदवार बनेका हुन् भने रिजाल र थापा भने शेखर कोइराला प्यानलका उम्मेदवार हुन् । त्यस्तै, शर्मा प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवार बनेका थिए । त्यस्तै कार्की भने विमलेन्द्र निधिको प्यानलका उम्मेदवार हुन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार