काठमाडौं, ३ असोज । असोज २ गते निर्वाचन भएको प्रदेश २ को स्थानीय तहको निर्वाचनको मतगणना अत्यन्तै सुरक्षित तवरमा गरिएको छ ।
अधिकांश स्थानीय तहको मतगणना सुरु हुदा भरतपुर काण्ड दोहोरिन नदिन सबैजसो मतगणना स्थलमा उच्च सुरक्षा सतर्कता अपनाइएको हो । अधिकांश मतगणनास्थलमा ग्याबिङ जाली लगाइएको छ । ग्याबिङ जालीको घेराभित्र गणकहरु बसेका छन् भने दलका प्रतिनिधिहरुलाई ग्याबिङ जाली बाहिर राखिएको छ ।
पहिलो चरणको चुनावका क्रममा भरतपुर महानगरमा मतपत्र च्यातिएपछि दोस्रो चरणमा सुरक्षा सतर्कता अपनाइएको थियो । तर, यसरी मतगणनास्थलमा ग्याबिङ जाली नै हालिएको भने प्रदेश २ मा मात्रै हो । अधिकांश मतगणना स्थलमा ग्याबिङ जाली लगाइएको छ भने महोत्तरीको बर्दीबासमा सुरक्षाकर्मीले प्रयोग गर्ने काँडेतारको समेत प्रयोग गरिएको छ । नेपालको चुनावी इतिहासमा विगतमा यस्तो दृश्य कहिल्यै देख्न पाइँदैनथ्यो । सभ्य नागरिकहरु भएको समाजमा मतगणनास्थलमा यस्तो जात्रा कहीँ कतै देख्न पाइँदैन । तर, नेपाली राजनीति भने सभ्यतातर्फ भन्दा पनि बर्बरतातर्फ उन्मुख हुन लागेको हो कि भन्ने यसले प्रश्न उठाएको छ । तथापि मतगणनास्थलमा सुरक्षाका लागि अपनाइएको पूर्वसचेतनाले गर्दा भरतपुर काण्ड दोहोरिने सम्भावनालाई पक्कै पनि न्यून गर्ने अनुमान गर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




