काठमाडौं । कोरोना संक्रमण दैनिक रूपमा उकालो लाग्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबारदेखि सबै प्रकारका राजनीतिक कार्यक्रम गर्न बन्देज लगाएको छ ।
काठमाडौं उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले उपत्यकाका तीनै जिल्लामा कोरोना संक्रमणको गति बढ्दै गएको निष्कर्षसहित सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक कार्यक्रम गर्न रोक लगाउने निर्णय गरेको हो ।
काठमाडौंका निमित्त प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जारी गरेको आदेशमा ‘सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै मानिस उपस्थित हुनेगरी कार्यक्रम नगर्ने नगराउने’ भनिएको छ । तर, नियमित रूपमा आवश्यक कार्यक्रम गर्नैपर्ने भएमा भने प्रशासनको अनुमति लिएर स्वास्थ्य मापदण्ड पालना गरी गर्न सकिने आदेशमा उल्लेख छ ।
यसैगरी, २५ जना बढी व्यक्ति भेला हुनेगरी कुनै पनि मेला महोत्सव तथा समाजिकलगायतका कार्य नगर्न पनि आदेशमा भनिएको छ । यसैगरी, घरबाट बाहिर निस्किँदा वा सार्वजनिक क्षेत्रमा हिँडडुल गर्दा मास्क अनिवार्य गरिएको छ । यस्तै, १५ माघसम्म शैक्षिक संस्थाहरू भौतिक रूपमा उपस्थित भएर सञ्चालन गर्न रोक लगाइएको छ । तर, पूर्वनिर्धारित सेमेन्टर र वार्षिक परीक्षाको हकमा स्वास्थ्य मापदण्ड पालना हुनेगरी जेड आकारमा बसाइ परीक्षा सञ्चालन गर्न सकिने आदेशमा उल्लेख छ ।
यसैगरी ७ माघदेखि कार्यालय, होटल(रेस्टुरेन्ट, सिनेमा हल, पार्कलगायतमा प्रवेश गर्नेहरूलाई कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य गरिएको छ । यस्तै, सबै सरकारी कार्यालयमा ७ माघबाट नै सेवा प्राप्त गर्न खोप कार्य अनिवार्य गरिएको छ । खोप लगाएको कार्डको फोटोको प्रमाण मोबाइलबाटसमेत देखाउन सकिने आदेशमा उल्लेख छ ।
जारी आदेशमा जिल्ला स्वास्थ्य कार्यालयले स्थानीय तहको समन्वयमा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई एक साताभित्र कोभिडविरुद्धको खोप लगाउने’दयगत तालिका बनाउने उल्लेख छ भने जिल्ला स्वास्थ्य कार्यालयले स्थानीय तहसँग समन्वय गरेर सार्वजनिक स्थलमा निःशुल्क एन्टिजेन टेस्ट बुथ स्थापना गरी नियमित परिक्षण गराउने भनिएको छ ।
यसैगरी, पहिले सञ्चालन गरिएका कोभिड–१९ उपचार केन्द्र तथा आइसोलेसन सेन्टरहरूलाई सुदृढ गरी सञ्चालनमा ल्याउन दुरुस्त अवस्थामा राख्ने आदेशमा भनिएको छ भने अक्सिजनको आपूर्ति सहज बनाउन पहिले प्रयोग गरिएका सिलिन्डर यथाशीघ्र सम्बन्धित अस्पताल, उद्योग अथवा स्थानीय तहमा हस्तान्तरण गर्न भनिएको छ ।
यस्तै, सार्वजनिक यातायातका साधनमा सिट क्षमताभन्दा बढी यात्रु नराख्न, सवारीसाधनमा सबै यात्रुलाई मास्क अनिवार्य गर्न, सवारीसाधनमा स्वास्थ्य मापदण्ड पालना गर्न गराउन तथा सवारी चालक र सहचालकले पनि मास्क, भाइजर, पन्जा लगाउन आदेशमार्फत अनिवार्य गरिएको छ । यसैगरी, व्यापार व्यवसाय र उद्योगधन्दा सञ्चालन गर्दासमेत स्वास्थ्य मापदण्ड पालनामा ध्यान दिन भनिएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




