काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदबाट अघि बढाउने विषयमा सत्तारूढ गठबन्धनभित्र सहमतिको वातावरण बन्ने भन्दा वातावरण झन् विग्रिदै गएको छ। गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेस जसरी पनि एमसीसी संसदबाट अघि बढाउने पक्षमा छ भने गठबन्धनमा आबद्ध दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी संशोधनबिना एमसीसी अघि बढाउनै नसकिने अडानमा छन् ।
ती दुई दलले बिहीबारको गठबन्धन बैठकमा पनि अडान कायम राखेपछि सरकारको नेतृत्व गरेको दल कांग्रेस विकल्पको खोजीमा अघि बढेको छ । कांग्रेसले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँगको संवादलाई पनि तीव्रता दिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन बैठकमा एमसीसी जसरी पनि अघि बढाउने भन्दै सहमति दिन देउवाले माओवादी अध्यक्ष दाहाल र नेकपा एसका अध्यक्ष माधव नेपालसँग बिहीबार पनि आग्रह गरेका थिए ।
तर, ती दुवै दलका अध्यक्षले भने एमसीसी’ मा थप छलफल गरी संसद्को अवरोध खुलाएर सहमतिमै एमसीसी अघि बढाउनेगरी वातावरण बनाउन प्रधानमन्त्री देउवालाई आग्रह गरेका छन् । ‘संसद्को अवरोध हटाउने विषयमा गम्भीर रूपमा छलफल भयो, शुक्रबार बिहान पुनः शीर्ष नेताको बैठक बसेर एमसीसी’दयगत थप छलफल गर्ने सहमति भएको छ,’ गठबन्धन बैठकपछि सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चारकर्मीहरूसँग भने ।
बैठकमा माओवादी केन्द्रले भने एमसीसीमा रहेका प्रावधान’ थप स्पष्ट पारिनुपर्ने र संसद्को अवरोध खोलिनुपर्ने भनेको हो । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसीसीका विषयमा थप प्रस्टता आवश्यक रहेको र थप छलफल हुनुपर्ने धारणा बैठकमा राखिएको बताए ।
‘यत्रो राष्ट्रलाई असर गर्ने कुरा संसद् सुचारु नहुँदासम्म कसरी पेस हुन सक्छ, पहिला संसद् सुचारु हुनुपर्छ र एमसीसी’दयगत थप छलफल र स्पष्टता जरुरी छ,’ श्रेष्ठले भने । बैठकमा प्रधानमन्त्रीको प्रस्तावमा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले समर्थन गर्दै एमसीसीलाई रोक्नुपर्ने कुनै कारण नभएको भन्दै अघि बढाउनुपर्ने बताएका थिए ।
माधव नेपालको प्रस्ताव ७ गतेसम्म कुरौं
बिहीबारको सत्तारूढ गठबन्धनको बैठकमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले एमसीसीका विषयमा निर्णय गर्न ७ फागुनसम्मको समय मागेका छन् । नेकपा एसका अध्यक्ष नेपालले पार्टीको स्थायी कमिटीको बैठक ७ गतेका लागि बोलाइएको र सो बैठकबाट एमसीसी’दयगत निर्णय लिने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष ७ फागुनसम्मको समय मागेका हुन् ।
‘हामीले ७ गते स्थायी कमिटी बोलाएका छौं, त्यहीँबाट हामी निर्णय गर्छौं, सबैको राय सुनेर निर्णय लिन्छौं, दुई दिन कुर्नुस्,’ प्रधानमन्त्री देउवालाई नेपालले गरेको अग्रह’दयगत जानकारी दिँदै गठबन्धनमा आबद्ध एक नेताले राजधानीसँग भने ।तर, प्रधानमन्त्री देउवाले भने अब धेरै समय कुर्न सकिने अवस्था नरहेको भन्दै निर्णयमा पुग्न नेपाललाई आग्रह गरेका थिए ।
गठबन्धन तोड्न माओवादी र नेकपा एसलाई ‘चुनाव’को डर
एमसीसीका कारण सत्ता गठबन्धन नै संकटमा पर्ने अवस्था बन्दै गर्दा सत्तारूढ गठबन्धनमा रहेका दुई दल नेकपा माओवादी केन्द्र र नेकपा एसलाई आउँदो निर्वाचनको डरले समेत सताएको छ । एमसीसीमा सहमति गर्दा दलभित्रै विरोध थेग्न असहज हुने र सहमति नगर्दा गठबन्धन नै टुट्ने डर यतिबेला ती दुई दलभित्र परेको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार गठबन्धन बैठक बस्नुअघि बसेको माओवादी केन्द्र, नेकपा एस र जसपाको बैठकबाट बाहिरिँदै गर्दा गठबन्धन जोगाउन अन्तिम प्रयास जारी राखेको बताएका थिए । नेकपा एसलाई भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अहिलेसम्म वैध मानेको छैन । एमालेले हाल नेकपा एसमा रहेका १४ सांसदमाथि गरिएको कारबाहीको सूचना सभामुखले नटाँसेको भन्दै गत भदौबाट नै संसद् बैठक अवरुद्ध गर्दै आइरहेको छ ।
नयाँ दलका रूपमा रहेका कारण आगामी निर्वाचनमा गठबन्धन तोडेर जाँदा परिणाम पक्षमा नआउने चिन्ता सो दलका नेताहरूलाई परेको छ । सोही कारण पनि नेकपा एसका नेताहरू एमसीसीका विषयमा प्रस्ट रूपमा खुल्न सकेका छैनन् । माओवादी केन्द्रमा भने प्रचण्ड पार्टीभित्रैबाट समेत दबाबमा छन् । एमसीसीका विषयमा उनी आफू सहमत भए पनि आफ्नै दलका नेताहरूलाई मनाउन नसक्दा उनी अप्ठेरोमा परेका छन् । माओवादी केन्द्रले बुधबारको संसदीय दलको बैठकबाट भने एमसीसीका पक्षमा नउभिने निर्णय नै गरिसकेको छ ।
गठबन्धन बैठक आज पनि
एमसीसीका विषयमा सहमति खोज्न भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार (आज) १० बजेका लागि पुनः गठबन्धनको बैठक बोलाएका छन् । बिहीबारको बैठकमा सहमति नजुटेपछि प्रधानमन्त्री देउवाले शुक्रबार बिहान शीर्ष नेतृत्वबीच छलफल गर्ने गरी बैठक बोलाएका हुन् । बिहीबार बसेको बैठकमा सहमति नजुटेपछि पुनः छलफल गर्ने भन्दै नेताहरू बैठकबाट बाहिरिएका थिए । आजको राजधानी दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




