काठमाडौं । फिल्म ‘म यस्तो गीत गाउछु २’ को प्रिमियरमा अभिनेत्री तथा फिल्मकी निर्माता पूजा शर्मा धुरुधुरु रोएकी छन् । बुधबार साँझ आयोजित प्रिमियरमा अभिनेता पल शाह उपस्थित हुन नसकेपछि आफ्नो फिल्म प्रति कसैको आँखा लागेको भन्दै उनी रोएकी हुन् ।
अभिनेता पल शाहविरुद्ध करणीसम्बन्धी उजुरी परेपछि उनी कार्यक्रममा सहभागी हुन नसक्दा पूजा निकै भाबुक देखिएकी थिइन् । कीर्तिपुरको पाँगामा नयाँ खुलेको फिल्म हल ‘कीर्तिपुर कप्लेक्स’ मा साँझ ५ः३० मा आयोजित प्रिमियर पलकै कारणले करिब दुई घन्टा ढिलो सुरु भएको थियो ।
थुप्रै कलाकर्मी र रंगपत्रकार सहभागी प्रिमियरमा सहभागीले फिल्म हेर्न धेरैले फिल्मको बिषयमा राम्रो प्रतिक्रिया दिएका थिए । ‘जोडी मनकामना जानुहुन्न भनेर बूढापाकाले भन्थे । हामी रियल नभएर रिल जोडी थियौ’ प्रिमियरपछि सञ्चारकर्मीसँग कुरा गर्दै पूजाले भनिन् ‘भनाइ हाम्रा लागि सत्य भयो ।’ पूजाले ‘म यस्तो गीत गाउँछु २’ राम्रो फिल्म बनाउने कोसिस समेत गरेको सुनाइन् ।
फिल्म निर्माणको समय लकडाउन, त्यसपछि रिलिजको समय फेरि हल बन्द भएको प्रसंग समेत सुनाउँदै पूजाले १३ गते फिल्म रिलिजको लागि आफु उत्साहित भएको बताइन् । ‘राम्रो फिल्म बनाएका छौं, दर्शकको साथ भए बाँच्छौँ’ उनले थपिन् । उनले फिल्म उद्योगमा धेरै संघर्ष गरेको समेत स्मरण गरिन् ।
सो अवसरमा फिल्म निर्माता समेत रहेका निर्देशक सुदर्शन थापाले पल शाहको विषयमा कानूनले निष्पक्ष न्याय दिने आस आफ्नो रहेको बताए ।
तीन बर्ष अगाडि नै निर्माण सम्पन्न भएको फिल्म ‘म यस्तो गीत गाउँछु २’ मा पल र पूजाको मुख्य भुमिका रहेको छ । फिल्म महाशिवरात्रिको छेको पारेर भोली शुक्रबारबाट प्रदर्शनमा आउन लागेको हो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




