काठमाडौं । संखुवासभाको सातघुम्तीमा यात्रुबाहक बस भीरबाट खसेकाे छ । बस भीरबाट खस्दा १० जनाकाे घटनास्थलमै मृत्युु भएकाे छ ।

संखुवासभामाबाट झापाकाे दमकका लागि गुडेकाे बा ४ ख ७३५ नम्बरको बस मादी नगरपालिका वडा नं. ६ काे सातघुम्तीकाे भीरबाट खसेकाे हाे । संखुवासभाका डिएसपी लालध्वज सुवेदीले अहिले पनि उद्धार कार्य जारी रहेकाले  मृतककाे संख्या बढ्न सक्ने बताए । बस बिहान ७ बजे भीरबाट खसेकाे हाे ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार