वीरगन्ज । वीरगन्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगी नेकपा एमालेमा प्रवेश गरेका छन् । पछिल्लो समयमा उनी आबद्ध जनता समाजवादी पार्टी (जसपा) वीरगन्ज महानगरमा कमजोर बन्दै गएपछि मेयरमा पुनः उठ्ने बार्गेनिङ गरी एमाले प्रवेश गरेका हुन् । उनले पुनः नगरप्रमुख उठ्ने घोषणा वीरगन्जमा आफैं गर्दै हिँडेका छन् ।
पछिल्लो आधा वर्ष उनी कहिले नेकपा माओवादी त कहिले कांग्रेसको ढोका चहार्दै हिँडेका थिए । अन्ततः शनिबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका थाप्दै उनी एमाले प्रवेश गरे । एमाले प्रवेश गर्नु एक साताअघिसम्म उनी कांग्रेसमा जाने चर्चा थियो । तर, कांग्रेसले उपमहानगर प्रमुखको टिकट दिने निश्चित नभएपछि उनी एमाले प्रवेश गरेका हुन् ।
राजनीतिक सिद्धान्त र नीतिबिनाका मेयर सरावगी अन्ततः स्वार्थको एजेन्डासहित एमाले प्रवेश गरेको बताइएको छ । उनी एमालेमा पार्टी प्रवेश गरेपछि वीरगन्जको राजनीतिमा एउटा ढुलमुल पात्रको च्याप्टरको क्लोज भएको एकृकीत समाजवादीका स्थानीय नेताहरूले टिप्पणी गरेका छन् । नेपाली कांग्रेसका निवर्तमान पर्सा जिल्ला सभापति अजय द्विवेदीले पछिल्लो राजनीतिक तानाबाना देख्दा मुलुकमा कुनै दल नीतिगत राजनीतिक भन्दा अवसरमा चलेको बताए ।
कोही व्यक्ति कुनै पार्टीमा प्रवेश गर्नुपूर्व पदको बार्गेनिङ गरेर जानु उसको राजनीति परिपक्वता होइन भन्ने यसै कार्यले पनि पुष्टि भएको वीरगन्ज उद्योग वाणिज्य संघले आयोजना गरेको होली मिलन समारोहमा स्थानीय धेरै अगुवाले बताए । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट चुनाव लडेर वीरगन्ज महानगरको मेयरमा निर्वाचित सरावगी अहिले जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य थिए ।
व्यापारी घरानाका मेयर सरावगी ६ चैत २०७३ मा तत्कालीन संघीय समाजवादी फोरममा प्रवेश गरेका थिए । त्योभन्दा अगाडि कुनै राजनीतिक दलमा खुलेर देखा नपरेका उद्योगी व्यापारी सरावगी मधेस आन्दोलनको लहडमा फोरमका अध्यक्ष उपेन्द्र यादवलाई रिझाएर वीरगन्ज महानगरको मेयरका लागि उमेद्वार बन्न सफल भएका थिए । २०७४ सालको स्थानीय तहका निर्वाचनमा उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपालीका कांग्रेसका अजय द्विवेदीलाई थोरै मतले पछि पार्दै कुल १९ हजार ३ सय ९३ मत प्राप्त गरी विजयी भएका थिए ।
शनिबार माओवादी केन्द्रका वीरगन्ज महानगर इन्चार्ज बाबुराम कौशिक, वाईसीएलका केन्द्रीय सदस्य ओमप्रकाश गुप्तालगायत पनि एमाले प्रवेश गरेका छन् । पूर्वमन्त्रीद्वय प्रभु साह र रघुवीर महासेठ, एमालेका पर्सा जिल्ला अध्यक्ष प्रभु हजरालगायतको उपस्थिति रहेको कार्यक्रममा एमाले पार्टी प्रवेश गर्नेको तर्फबाट बोल्दै मेयर सरावगीले जातीय राजनीति गर्ने कार्यकर्ता र ठाउँमा बस्न नसकेको खुलासा गरे । ‘जसपाले राम्रो मान्छेलाई पार्टीमा टिकाएर राख्न सकेन,’ उनले भने । आजको राजधानी दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




