काठमाडौं । आफ्नो नयाँ गीत ‘पीर’का कारण गायक प्रकाश सपुत यतिबेला विवादमा छन् । माआवादी ‘जनयुद्ध’का महिला लडाकु हाल वेश्यावृत्तिमा छन् भन्दै यो गीतको भिडियोमा उनीहरूले वेश्यावृत्ति गरेको दृश्य देखाएपछि उनी विवादमा तानिएका हुन् ।
यसअघि यिनै गायक ‘गलबन्दी च्यातियो तिम्ले तानेर’ गीत अरूको चोरी गरेर बनाएको भन्दै विवादमा परेका थिए । देशको गणतन्त्रका लागि जनयुद्धमा लडेका नेपाली नारी योद्धाको अस्मिताको खिल्ली उडाएको भन्दै उनी अहिले फेरि विवादमा परेका हुन् ।
आफ्नै च्यानलबाट नयाँ गीत पीर प्रकाश सपुतले शनिबार रिलिज गरेका हुन् । यो गीतलाई आइतबार बेलुकासम्म २५ लाखपटक युट्युबमा हेरिएको छ । १६ मिनेटको गीतमा जनयुद्धमा लागेका महिलाहरूको अपमान गरेको भन्दै अहिले नेकपा माओवादी केन्द्रका नेताहरूले विरोध गरेका छन् । सोही पार्टीको विद्यार्थी संस्था अनेरास्ववियू क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले सामाजिक सञ्जालमा सो गीतको भिडियोको पूरा विरोध गरेकी छन् ।
गीतकै कारण प्रकाश सपुत फेरि विवादमा
उनले यो गीत युट्युबबाट तत्कालै हटाउन पनि चेतावनी दिएकी छन् । हिजोका दिनमा जातीय छुवाछुत सामाजिक विभेद हटाउन जनयुद्धमा होमिएका महिलाहरूको सम्मानमा आँच पुग्नेगरी भिडियोमा प्रस्तुत गरिएको दृश्यप्रति सिंहले घोर आपत्ति जनाएकी छन् ।
उनले भिडियो तत्काल हटाएर माफी माग्नसमेत सपुतलाई निर्देशन दिएकी छन् । पञ्चा सिंहले यो गीतको भिडियोको विरोध जनाएपछि माओवादीसँग सम्बन्धित विभिन्न नेताहरूले पनि गीतको दृश्य हटाउन सपुतलाई दबाब दिएका छन् । तर, यो विषयमा सपुतले आइतबारसम्म केही बोलेका छैनन् ।
यसअघि पनि गायक सपुतलाई शम्भु राईको आउ नाचौं साथी हो गीत चोरेर गलबन्दी च्यातियो तिम्ले तानेर‘ बनाएको आरोप लागेको थियो । सो आरोपमा सपुतले माफी माग्नुपरेको थियो । त्यो गीतमा सपुत र राई दुवैको नाम संगीतकारमा राखिने सहमति भएको थियो ।
प्रकाश सपुत मात्र होइन, गायन तथा भिडियोका कारण विभिन्न कलाकार विवादमा आउने गरेका छन् । यस्तै, गत वर्ष भदौमा मंगोल हव भन्ने समूहले आफ्नो अफिसियल च्यानलबाट नेपालको विरोध गर्दै नेपालको झन्डा जलाएको एउटा गीतको भिडियो सार्वजनिक गरेको थियो ।
जसमा बाहुन क्षत्री समुदायलाई गाली गरिएको थियो । सो गीतको सर्वत्र विरोध भयो । सो गीत विवादमा तानिएपछि मंगोल ग्याल्जे लि, एटिएमसहित सो समूहका विभिन्न व्यक्तिलाई प्रहरी पक्राउ गरेर हिरासतमा राख्यो । मंगोल हव समूहका कलाकारमध्ये केही जेलमा छन् भने केहीले राज्यविरुद्धको मुद्दा खेपिरहनुपरेको छ ।
यता भिटेन पनि गीतमार्फत समाजमा अश्लीलता फैलाएको भन्दै बेलाबेलामा विवादमा पर्ने गरेका छन् । उनका प्रायः गीत विवादमा पर्ने गरेका छन् । ‘पारा’ गीतबाट प्रहरी प्रशासन र नेताहरूलाई गाली गर्नुका साथै अश्लीलता फैलाएको भन्दै २०७६ कात्तिकमा भिटेनलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको थियो ।
केही दिन हिरासतमा बसेपछि अब यस्तो नगर्ने भन्दै कागज गरेर उनी निक्लिएका थिए । तर, उनले गीतबाट अश्लीलता फैलाउने र गाली गर्ने कार्य अझै रोकेका छैनन् । भिटेन मात्र होइन, अश्लील शब्द प्रयोग गरेर गीत गाउनेमा नेपालका अधिकांश ¥यापरहरू रहेका छन् । लाउरेदेखि धेरै ¥यापरका गीत अश्लीलता प्रयोग गरेकै कारण विवादमा आउने गरेका छन् ।
गीत र भिडियोबाट बढी विवादमा आउने पछिल्लो कलाकार दुर्गेश थापा पनि हुन् । यतिबेला पल शाहका कारण विवादमा परेका दुर्गेशले ‘ह्याप्पी तिहार चिसो बियर‘’ भन्दै तिहार संस्कृतिमाथि हस्तक्षेप गरेको आरोप केही वर्षअघि खेप्नुपरेको थियो । जसका कारण उनी २०७६ कात्तिकमा प्रहरी हिरासतमा समेत पुगेका थिए ।
यिनै गायक ६ महिनायता गीतमा अश्लीलता प्रस्तुत गरेको भन्दै दुईपटक विवादमा तानिएका छन् । गत तिजमा ख्यास्स पुतली‘ गीत ल्याएर उनी विवादमा परे । त्यो गीत अश्लील भएको भन्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले उनलाई साधारण सदस्यबाट समेत निष्कासित ग¥यो । यिनै गायकले दुई महिनाअघि अर्को गीत पैसा‘ ल्याएका थिए ।
सो गीतमा पैसाको आडमा नेपाली नारीहरूलाई अश्लील रूपमा प्रस्तुत गरिएको भन्दै गीतको भिडियो युट्युबबाट हटाउन विभिन्न संस्थाबाट महिलाहरूले दबाब दिए । सो गीतमा उनले पैसाको बलमा जे पनि गर्न सक्ने भन्दै नेताहरूलाई पनि गाली गरेका थिए । सबैतिरबाट आएको विरोधलाई बेवास्ता गरेका दुर्गेश अहिले पल शाह प्रकरणका कारण भूमिगत अवस्थामा छन् ।
नेताहरूलाई ब्यंग्य गरेको भन्दै गायक पशुपति शर्मा लोक गीत ‘लुट्न सके लुट कान्छा’बाट विवादमा परेका थिए । २०७५ फागुनमा आएको यो गीत विवादमा परेपछि उनले माफी माग्दै यो गीत युट्युबबाट हटाउनुपरेको थियो । सोही कारण अहिले प्रकाश सपुतको पीर गीतलाई पनि युट्युबबाट हटाउन चर्को दबाब आएको हो । आजको राजधानी दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




