काठमाडौं । काठमाडौंको बालाजुस्थित गंगाहल नजिकै दुर्घटना गराएर भागेका बस चालकलाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ ।

कास्कीको रुपा गाउँपालिका–४ घर भएका राजकुमार वंशीलाई जिल्ला प्रशासन कार्यालय कास्कीसँग समन्वय गरेर पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी गराएको छ ।

फागुन ३० मा वंशीले चलाएको ना.५ख ३०९६ नम्बरको बसले ठक्कर दिँदा गोरखा घर भएका ५८ वर्षीय भिम प्रसाद रेग्मीको मृत्यु भएको थियो । बिहान ५ बजे पैदल हिँडेका रेग्मीलाई बसले ठक्कर दिएको थियो । उपचारको क्रममा रेग्मीको अन्नपुर्ण न्यूरो अस्पतालमा गत शनिबार मृत्यु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार