एजेन्सी – दोस्रो लेगमा साविक विजेता चेल्सीसँग हारका बावजुत स्पेनिस क्लब रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गर्दा जर्मन महारथी बायर्न म्युनिख क्वाटरफाइनलबाटै बाहिरिएको छ ।

दोस्रो लेगमा घरेलु मैदानमा अतिरिक्त समयमा ३–२ ले पराजित भएपनि समग्रमा ५–४ को जित निकाल्दै चेल्सीले अन्तिम चारमा स्थान पक्का गरेको हो । पहिलो लेगमा रियलले ३–१ को अवे जित निकालेको थियो । तर, दोस्रो लेगमा निर्धारित समयको खेलमा चेल्सीले ३–१ ले अघि रहँदा समग्रमा ४–४ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा लम्विएको थियो । अतिरिक्त समय अर्थात ९६औं मिनेटमा फरवार्ड करिम बेन्जेमाले गोल गर्दै रियलको सेमिफाइनलको ढोका खोले ।

त्यसअघि सान्टियागो बर्नबेउमा मंगलबार राति भएको खेलमा चेल्सीका मासन माउन्ट, एन्टेनियो रुडिगर र टिमो वेर्नरको गोल गरेका थिए । रोड्रिगोले एक गोल गर्दै रियलको सम्भावना जीववित राखेका थिए ।

खेलको १५औं मिनेटमा मासन माउन्टको गोलबाट चेल्सीले सुरुवाती अग्रता लिएको थियो । उनले टिमो वेर्नरको पासमा गोल गर्न सफल भएका थिए । ५१औं मिनेटमा एन्टेनियो रुडिगरले मासन माउन्टको पासमा गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे । ६२औं मिनेटमा मार्काेस अलन्सोले गोल गरेपन भिएआरबाट मान्यता नपाउँदा चेल्सीले थप अग्रता बढाउन सकेन ।

७५औं मिनेटमा टिमो वेर्नरले माटियो कोभासिसको पासमा गोल गर्दै घरेलु टोलीविरुद्ध ३–० को अग्रता लिदै अघिल्लो चरणतर्फ अग्रसर रहेको थियो । तर, ८०औं मिनेटमा परिवर्तित खेलाडी रोड्रिगोले मैदान छिरेको दोस्रो मिनेटमा गोल गर्दै खेललाई अतिरिक्त समयमा लम्ब्याउँदै रियलको सम्भावना जीवित राखे । ७८औं मिनेटमा क्यासमिरोको स्थानमा मैदान छिरेका रोड्रिगोले लुका मोड्रिचको पासमा गोल गर्न सफल भएका थिए ।

अतिरिक्त समयको ९६औं मिनेटमा बेन्जेमाले भिनिसियस जुनियरको पासमा गोल गर्दै खेललाई ३–२ को स्थितिमा ल्याए । त्यसपछि थप गोल निस्कन नसक्दा चेल्सीले जित निकालेपनि रियलले अघिल्लो चरणमा पुग्न सफल भयो ।

स्पेनिस क्लब भिल्लारियलसँग क्वाटरफाइनलको दोस्रो लेगमा १–१ गोलको बराबरी तथा समग्रमा २–१ ले पराजित हुँदै बायर्न क्वाटरफाइनलबाटै बाहिरिएको हो । पहिलो लेगको १–० को हार नै बायर्नलाई अघिल्लो चरण पुग्न बाधक बन्यो ।

एलिएन्ज एरिना म्युनिखमा मंगलबार राति भएको खेलमा घरेलु टोलीका लागि रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई खेलमा फर्काउने संकेत दिएपनि निर्धारित समयको अन्तिम समयमा सम्हालिन नसक्दा बायर्न पराजित हुन पुग्यो । ८८औं मिनेटमा स्यामुइल चुकविइजीले गोल गर्दै बायर्नको च्याम्पियन्स लिग यात्रामा पुर्णविराम लगाए ।

 

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार