काठमाडौं । नेकपा एमाले र राप्रपा नेपालबीच स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने सहमति जुटेको छ। दुवै पार्टीबीच देशभरिका तालमेल सम्भव भएका पालिकाहरुमा आपसी तालमेल गरेर उम्मेदवार उठाउने भएको हो।

राप्रपाका उम्मेदवारले नेकपा एमालेको सूर्य चुनाव चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने पनि सहमति जुटेको छ। दुवै पार्टीको तर्फबाट एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभाग प्रमुखबीच पाँच बुँदे सहमति भएको हाे । सहमतिका क्रममा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र राप्रपा नेपाल अध्यक्ष कमल थापा उपस्थित थिए ।

दुवै पार्टीबीच भएको सहमतिमा तालमेलको विषयमा छलफल तथा सहकार्यका लागि प्रस्ताव तयार गर्ने अधिकार जिल्ला कमिटीलाई दिइएको छ। जिल्ला कमिटीले सिफारिस गरेको आधारमा पार्टीको केन्द्रीय तहको अनुमतिपछि तालमेलको सहमति कार्यान्वयन हुने सहमतिमा उल्लेख छ। राप्रपा नेपालका उम्मेदवारहरुले सूर्य चिह्नबाट चुनावी प्रतिस्पर्धा गर्ने, र निर्वाचित भएपश्चात् पनि राप्रपा नेपालमै आबद्ध रहने पनि सहमतिमा उल्लेख छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार