काठमाडौं । पाँच दिनदेखि नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण रोकिएको छ । सुरुङ खन्न थालेपछि पानीका मुहान सुकेको भन्दै चन्द्रागिरि नगरपालिका–२ का स्थानीयले निर्माणमा अवरोध गरेका हुन् ।
गत चैत २८ र २९ मा स्थानीयले टुटिपाखामा रहेको निर्माण कम्पनी हाज्मा एन्डो र परामर्शदाताको कार्यालय तोडफोड गरेको आयोजनाले जनाएको छ । यही वडाका स्थानीयले धादिङतर्फ पनि निर्माणको काम अघि बढ्न दिएका छैनन् ।
यसअघि स्थानीयले २०७७ फागुनमा आजीवन निःशुल्क खानेपानीको व्यवस्थापन गर्नुपर्नेलगायत ८ बुँदे माग आयोजनासमक्ष राखेका थिए । तर आफूहरूका माग पूरा नगरिएको वडा नम्बर २ वडा अध्यक्ष गोपी सुर्खेतीले बताए । खानेपानीलगायतका माग राखेर निर्माण कम्पनीको कार्यालय पुग्दा प्रहरीले हस्तक्षेप गरेपछि झपड भएको उनको दाबी छ ।
वडाध्यक्ष सुर्खेतीकै नेतृत्वमा गएको टोलीले कार्यालय तोडफोड गरेको आयोजना स्रोतको दाबी छ । तर सुर्खेतीले भने आफूहरूले केही तोडफोड नगरेको बताए । वार्तामा बसिरहेका बेला स्थानीयमाथि प्रहरी हस्तक्षेप हुँदा स्थानीय आक्रोशित बनेको उनको भनाइ छ ।
वार्ताबाट समस्या समाधानको प्रयास भइरहेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आयोजनाका निर्देशक नरेशमान शाक्यले बताए । ‘तीव्र गतिमा निर्माणको काम भइरहेको समयमा अचानक अहिले आएर काम रोकिएको छ,’ उनले भने, ‘वार्ता भइरहेकाले छिट्टै समस्या समाधान भएर निर्माणको काम अघि बढ्छ ।’
पानीको समस्या भएका ठाउँमा सुक्खायाममा आयोजनाले डेढ महिनासम्म ट्यांकरबाट पानी उपलब्ध गराउने शाक्यले जनाए । ‘पानी तान्ने पम्प परिवर्तन गर्ने र त्यसका लागि एउटै पम्पको डेढरदुई करोड रुपैयाँ पर्ने रहेछ,’ उनले भने, ‘यसका लागि अध्ययन गरेर काम गर्नुपर्छ ।’ पम्प जडान हुने बेलासम्म सुक्खायाममा ट्यांकरबाट पानी उपलब्ध गराइने उनको भनाइ छ ।
‘अहिले प्रतिदिन ५ ट्यांकर पानी उपलब्ध गराइराखेका छौं,’ शाक्यले भने, ‘त्यसले नपुगे प्रतिदिन १० ट्यांकर पानी दिन तयार छौं ।’ तर आफूहरूका माग पूरा भएनन् भनेर कार्यालय तोडफोड गर्नु गलत रहेको उनले बताए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




