काठमाडौं । अभिनेता पल शाहबिरुद्धको जबर्जस्ती करणी मुद्दामा पिडित नाबालिगले बयान फेरेकी छिन् । आईतबार जिल्ला अदालत तनहुँमा बकपत्र गर्दा उनले जाहेरी बिपरित बयान दिएकी हुन् ।

नाबालिग बालिका ‘होस्टाइल’ भएर बयान दिएको उनको पक्षबाट मुद्दा लडिरहेका एकजना कानुन व्यवसायीले बताए । पिडित नाबालिगले ‘जाहेरीमा उल्लेखित विवरणहरू सत्य नभएको र उक्साहटमा परेर जाहेरी दिएको जिकिर गरेकी छिन् ।’

पीडितको पक्षबाट मुद्दा लडिरहेकी एकजना कानुन व्यवसायीले भने–‘पीडित होस्टाइल भएकी छिन् तर, बकपत्रमा हस्ताक्षर हुन बाँकी छ ।’ बयान फेर्नेलाई ६ बर्ष कैद सजाय हुने कानुनी व्यवस्था छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार