काठमाडौं । पछिल्लोपटक प्रतिसिलिन्डर १ सय रुपैयाँ मूल्य बढाइए पनि उपभोक्ताले ग्यास अभावको समस्या झेलिरहनु परिरहेको छ । बजारमा मागअनुसारको आपूर्ति नभएका कारण हाल उपभोक्ताले एक सिलिन्डर खाना पकाउने ग्यास लिन झन्डै डेढ सातासम्मको पालो पर्खिरहनुपरेको छ ।
गत चैतमा व्यवसायीले गरेको आन्दोलनले बजारमा अभाव भएको खाना पकाउने एलपी ग्यासको आपूर्ति व्यवस्था सहज हुन अझै एक सातासम्म कुर्नुपर्ने भएको छ । चैत महिनामा राष्ट्रिय पेट्रोलियम संस्थागत समन्वय समितिले १० दिनसम्म ढुवानी रोकेका कारण अहिलेसम्म काठमाडौं उपत्यकालगायत देशैभर बजारमा ग्यासको अभाव कायमै छ ।
बढाईएको मूल्य तिर्दा पनि अझै उपभोक्ताले एक सिलिन्डर ग्यास पाउन ग्यास डिपोहरूमा झन्डै एकदेखि डेढ सातासम्मको भाका कुनुपर्ने बाध्यता छ । पहुँच हुनेहरूले भने ग्यास विक्रेतालाई बढी पैसा बुझाएर छिटै पाउने गरे पनि निम्न आय भएका सामान्य वर्गका उपभोक्तालाई अझै एक सिलिन्डर ग्यास पाउन निकै सास्ती भोग्नुपरिरहेको अवस्था छ । हाल ग्यास लिन जाने उपभोक्तालाई विक्रेताले सिलिन्डर छोडेको एकदेखि डेढ साताभित्रमा मात्र ग्यास दिन सक्ने बताउँदै आएका छन् ।
यही अभावको मौका छोपेर केही विक्रेताहरूले आफूसँग भएका ग्यास लुकाउने र थप कृत्रिम अभावको बहाना बनाएर उपभोक्तालाई अनावश्यक दुःख दिने र बढी पैसा असुल्ने काम गरिरहेका छन् ।
ढुवानी कमिसन बढाउन माग राख्दै आन्दोलित भएका व्यवसायीले गत ५ देखि १५ चैतसम्म ग्यास ढुवानी नै रोकेका थिए । त्यसको प्रभाव अहिलेसम्म बजारमा देखिइरहेको आमउपभोक्ताको गुनासो छ । गत महिना आन्दोलनरत व्यवसायीले पेट्रोल–डिजेलको मूल्य बढाउँदा नै ढुवानी भाडासँगै समायोजन गर्नुपर्ने माग राखेर पेट्रोलियम पदार्थ र ग्यासको ढुवानी बन्द गरेका थिए ।
नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष कुशप्रसाद मल्लीले आगामी साताबाट बजारमा ग्यास आपूर्ति व्यवस्था सहज हुने बताए । सकेसम्म छिटो सहज बनाउन आपूmहरू लागिपरेको बताउँदै मल्लीले भने, ‘अबको दुई÷चार दिनमा बजारमा ग्यासको अभाव हट्नेछ ।’ व्यवसायीको आन्दोलनका कारण गत चैतमा १० दिनसम्म ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति रोकिएको थियो । सोही आन्दोलनको प्रभावका कारण अहिलेसम्म ग्यासको अभाव कायमै रहेको उनले बताए ।
अहिले ग्यासको आयात बढेर आउन थालेको जानकारी गराउँदै उनले हाल पहिलेभन्दा करिब २० प्रतिशत बढी आयात भइरहेको बताए । संघका अध्यक्ष मल्लीका अनुसार हाल दैनिक १ सय २० देखि १ सय २५ वटा ग्यासको बुलेट आइरहेको छ । यसअघि ८० देखि ८५ वटा आउने गरेको थियो । गत महिना एक साताभन्दा बढी समय ग्यासको आपूर्ति रोकिएकाले त्योबेला चाप भएको माग धान्न अझै केही समयका लागि परिमाण थप गरेर ल्याउन थालिएको उनले जानकारी दिए ।
नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले अबको एकसाताभित्र उपभोक्ताले सहज रूपमा ग्यास पाउने बताए । उनले हाल दैनिक पहिलेको भन्दा अझ धेरै मात्रामा ग्यासको आयात भइरहेको जानकारी दिए । निगमका अनुसार आयल निगमले यो महिनालाई करिब ५० मेट्रिकटन ग्यासको पीडीओ जारी गरेको छ । यसरी जारी भएको पीडीओमध्ये हालसम्म करिब ३२ देखि ३३ मेट्रिकटन ग्यासको पीडीओ गइसकेको छ ।
अहिले ग्यास खपतका हिसाबले जाडो महिनाको भन्दा निकै कम खपत हुने मौसम हो । जसले गर्दा अबको केही दिनमा ग्यास आपूर्ति सहज हुने निगमले जनाएको छ । बजारमा ग्यासको अभाव कायमै रहेको भन्ने गुनासो आएसँगै अहिले वाणिज्य विभाग र आयल निगमले बजार अनुगमनलाई तीव्रता दिइरहेको पनि उनले जानकारी गराए ।
सामान्य अवस्थामा देशभर दैनिक १ लाखवटा सिलिन्डर ग्यास खपत हुन्छ । जसका लागि डेढ करोड ग्यास सिलिन्डर बजारमा छन् । यसैगरी, करिब दैनिक ८० बुलेट ग्यास भारतबाट नेपालतर्फ भित्रिन्छन् । एउटा बुलेटमा १२ सय ५० वटा सिलिन्डर भरिने ग्यास बोकिएको हुन्छ । लगातार १५ दिनसम्म ग्यास आपूर्ति बिग्रँदा अहिलेसम्म बजारमा चाप परेको संघको भनाइ छ । आजको राजधानी दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




