काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि आवश्यक पदभन्दा चार गुणा बढी उम्मेदवारी परेको छ । देशका ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २ सय ७६ नगरपालिका र ४ सय ६० गाउँपालिका गरी कुल ७ सय ५३ स्थानीय तहमा ३५ हजार २ सय २१ पदका लागि १ लाख ५० हजार ५ सय ९८ जनाको उम्मेदवारी परेको हो । मंगलबार रातिसम्म पनि निर्वाचन आयोगले उम्मेदवारको विवरण रुजु गर्ने कार्य जारी राखेको थियो ।
निर्वाचन आयोगका अनुसार मंगलबार रातिसम्म नगर प्रमुखमा ३ हजार ४ सय ६६ जना र उपप्रमुखमा २ हजार १ सय ३६ जनाको उम्मेदवारी रुजु भएको छ । यसैगरी अध्यक्षमा ३ हजार ३ सय ७८ जना र उपाध्यक्षमा २ हजार ३ सय ९२ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ ।
यसैगरी ६ हजार ७ सय ४३ वडाको वडा अध्यक्ष पदका लागि ३४ हजार ९ सय ५८ जनाको उम्मेदवारी दर्ता भएको आयोगले बताएको छ । यस्तै, महिला सदस्यमा २६ हजार ८४, दलित महिला सदस्यमा २३ हजार ४ सय ८२ र सदस्यमा ५४ हजार ७ सय २ जनाको उम्मेदवारी परेको आयोगले भनेको छ ।
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले स्थानीय तह निर्वाचनका लागि सबैभन्दा बढी उम्मेदवारी सदस्य पदमा परेको जानकारी दिए । सबैभन्दा बढी उम्मेदवारी सदस्य पदमा परेको छ, सदस्यमा मात्रै ५४ हजारभन्दा बढीको उम्मेदवारी परेको छ,’ निर्वाचन आयोगका प्रमुख आयुक्त थपलियाले भने ।
३० वैशाखमा हुने निर्वाचनमार्फत १५ सय ६ जना प्रमुख तथा उपप्रमुख, ६ हजार ७ सय ४३ वडामा वडा अध्यक्ष र ती वडाका २६ हजार ९ सय ७२ सदस्य चयन हुनेछन् । यी सबै गरी स्थानीय तहमा मात्रै ३५ हजार २ सय २१ जनप्रतिनिधि चयन हुनेछन् ।
निर्वाचन कार्यक्रमअनुसार आयोगले १३ वैशाखमा उम्मेदवारको विरोधमा उजुरी दिने कार्यक्रम राखेको थियो । तर, कतिपय जिल्लामा उम्मेदवारी दिन र रुजु गर्ने कार्य नै ढिला हुँदा आयोगले आन्तरिक रूपमा व्यवस्थापन गर्ने गरी आज बुधबार १० बजेसम्म पनि उम्मेदवारको मनोनयनमा उजुरी लिने बताएको छ ।
यसैगरी बुधबार र बिहीबार मनोनयनपत्र र उजुरी जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, बिहीबार नै मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा १७ वैशाखमा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ । यी सबै कार्यक्रम सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा हुनेछन् ।
कुन दलबाट कुन पदमा कति उम्मेदवारी
स्थानीय तहको प्रमुख पदतर्फ
स्थानीय तहको प्रमुख पदमा मंगलबार रातिसम्म रुजु भएको विवरणअनुसार ३ हजार ६ सय ६६ जनाको उम्मेदवारी परेको छ । १ हजार ३ सय ७६ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । यसैगरी, नेकपा एमालेबाट स्थानीय तहको प्रमुख पदमा २ सय ८८ जनाको उम्मेदवारी परेको छ भने नेपाली कांग्रेसबाट सो पदमा २ सय ६३ जनाको उम्मेदवारी परेको छ । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट सोही पदमा २ सय ४८ जनाको उम्म्ेदवारी पर्दा अन्य दलबाट १ हजार २ सय ९१ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।
स्थानीय तहको उपप्रमुख पदतर्फ
स्थानीय तहको उपप्रमुख पदतर्फ २ हजार १ सय ३६ जनाको उम्मेदवारी मंगलबार राति अबेरसम्म रुजु भएको छ । जसमा ३ सय ९५ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । यस्तै, एमालेबाट २ सय ८३ जनाको उम्मेदवारी परेको छ । राप्रपाबाट २ सय २७, कांग्रेसबाट २ सय १० र अन्य दलबाट १ हजार २१ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।
स्थानीय तहको अध्यक्ष पदतर्फ
स्थानीय तहको अध्यक्ष पदमा मंगलबार राति अबेरसम्म ३ हजार ३ सय ७८ जनाको उम्मेदवारी आयोगले रुजु गरेको छ । जसमा १ हजार २४ जनाको स्वतन्त्र उम्मेदवारी परेको छ । यसैगरी एमालेकातर्फबाट ४ सय ४६, कांग्रेसबाट ३ सय ८२ नेकपा माओवादी केन्द्रबाट २ सय ९१ र अन्य दलबाट १ हजार २ सय ३५ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले बताएको छ ।
स्थानीय तहको उपाध्यक्ष पदतर्फ
स्थानीय तहको उपाध्यक्ष पदतर्फ देशभरमा मंगलबार राति अबेरसम्म २ हजार ३ सय ९२ जनाको उम्मेदवारी आयोगले रुजु गरेको छ । जसमा एमालेका तर्फबाट ४ सय ४५ जनाको उम्मेदवारी परेको छ भने ३ सय ६१ जनाको स्वतन्त्र उम्मेदवारी परेको छ । यस्तै कांग्रेसकातर्फबाट ३ सय ५९, माओवादी केन्द्रका तर्फबाट ३ सय १४ र अन्य ९ सय १३ जनाको उम्मेदवारी परेको आयोगले भनेको हो ।
वडा अध्यक्ष पदतर्फ
वडा अध्यक्षतर्फ देशभरमा मंगलबार राति अबेरसम्म निर्वाचन आयोगको कम्प्युटर प्रणालीमा ३९ हजार ९ सय ५८ जनाको विवरण इन्टी भएको छ । जसअनुसार एमालेका ६ हजार ४ सय ७० जना उम्मेदवारको उम्मेदवारी निर्वाचन आयोगमा रुजु भएको छ । यसैगरी कांग्रेसका ६ हजार ७९, स्वतन्त्र ५ हजार ८ सय ३३, माओवादी केन्द्रबाट ४ हजार ३ सय ८६ र अन्य दलबाट १२ हजार १ सय ९० जनाको वडाअध्यक्ष पदका लागि उम्मेदवारी परेको हो ।
महिला सदस्य पदतर्फ
महिला सदस्य पदतर्फ देशभर २६ हजार ८४ जनाको उम्मेदवारी परेको छ । जसमा एमालेका तर्फबाट ६ हजार ३ सय २ सय १९ कांग्रेसका तर्फबाट ५ हजार ६ सय ९९, माओवादी केन्द्रका तर्फबाट ४ हजार ८१ सय ११, राप्रपाका तर्फबाट २ हजार ८९ र अन्य दलबाट ७ हजार ५ सय ६४ जनाको उम्मेदवारी परेको छ ।
दलित महिला सदस्य पदतर्फ
दलित महिला सदस्य पदतर्फ देशभर २३ हजार ४ सय ८२ जनाको उम्मेदवारी परेको छ । जसमा एमालेबाट ६ हजार १ सय १५, कांग्रेसबाट ५ हजार ७ सय ३४, माओवादी केन्द्रबाट ३ हजार ८ सय ३६, राप्रपाबाट १ हजार ६ सय ३४ र अन्य दलबाट ६ हजार १ सय ६३ जनाको उम्मेदवारी दर्ता भएको छ ।
सदस्य पदतर्फ
सदस्य पदतर्फ देशभर ५४ हजार ७ सय २ जनाको उम्मेदवारी आयोगले रुजु गरेको छ । जसमा एमालेबाट १२ हजार ६ सय ८० जनाको उम्मेदवारी दर्ता भएको छ । यस्तै कांग्रेसबाट ११ हजार ९ सय ४८ जनाको उम्मेदवारी परेको छ भने माओवादी केन्द्रबाट ८ हजार ५ सय ४६ जनाको उम्मेदवारी परेको छ । यस्तै, राप्रपाबाट ४ हजार ६ सय ३४ र अन्य दलबाट १६ हजार ८ सय ९४ जनाको सदस्य पदमा उम्मेदवारी परेको निर्वाचन आयोगले जानकारी दिएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




