काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनले आज कैलालीको धनगढीमा चुनावी सभा गर्दैछ । धनगढीको रंगशालामा हुने चुनावी सभालाई नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डु’ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत नेताले सम्बधोन गर्ने कार्यक्रम छ ।

चुनावी सभामा सहभागी हुन देउवा आइतबार नै धनगढी पुगिसकेका छन् । सो सभालाई सम्बोधन गरेपछि देउवा गृह जिल्ला डडेल्धुरा जाने कार्यक्रतम रहेको उनको सचिवालयले जनाएको छ । डढेल्धुरामा कांग्रेसलाई कांग्रेस बीपीले चुनौती दिएको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार