
काठमाडौं, २५ असोज । अन्ततः सरकार आमरण अनसनरत डा. गोविन्द केसीको माग सम्बोधन गर्न तयार देखिएको छ ।
तर, संसदमा विचाराधीन चिकित्सा शिक्षा विधयेक पास गर्ने नगर्ने विषय भने सरकारको नभएर एमाले र माओवादी केन्द्रको कोर्टमा रहेको सरकारी पक्षको तर्क छ ।
डा. केसी सात दिनदेखि आमरण अनसनमा छन् । उनले आफ्नो सुझाव र माथेमा कार्यदलको मर्मअनुसार चिकित्सा शिक्षा विधेयक पास गर्नुपर्ने माग गरेका छन् ।
काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न नहुने र एउटा विश्वविद्यालयले ५ वटा मेडिकल कलेजलाई मात्र सम्बन्धन दिनुपर्ने उनको मुख्य माग छ । यही विषयमा सहमति हुन नसक्दा केसीले अनसन तोडे पनि विधेयक पास हुन सकेको थिएन । तर, शिक्षा मन्त्रालय डा. केसीको मागअनुसार विधेयक अघि बढाउन सहमत भएको छ । बुधबार विहान डा. केसीलाई भेटेका पूर्वस्वास्थ्यमन्त्री एवं कांग्रेस नेता गगन थापाले भने, ‘डा. केसीको माग सम्बोधन गर्न शिक्षा मन्त्रालय सकारात्मक देखिएको छ । यसो भएमा अनसन तोडिने मात्र होइन, चिकित्सा शिक्षाको समस्या सदाका लागि अन्य हुन्छ ।’
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




