काठमाडौं । लमजुङको राइनास नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा माओवादी केन्द्र विजयी भएको छ। राइनसमा एमालेलाई पराजित गर्दै गठबन्धनका उम्मेदवार विजयी भएका हुन्। राइनासमा गठबन्धनका कांग्रेसबाट नगर प्रमुखमा खड्क बहादुर गुरुङ र माओवादी केन्द्रका पुष्पराज खनाल उपप्रमुखमा विजयी भएका छन्।

गुरुङले ५ हजार ८ सय २६ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सिंहबहादुर थापाले ४ हजार २ सय ४४ मत प्राप्त गरेका छन्। सिंह बहादुर अघिल्लो कार्यकालका मेयर हुन् ।

यसैगरी, नगरपालिकाको उपमेयरमा गठबन्धनको माओवादी केन्द्रबाट पुष्पराज खनाल विजयी भएका छन्। उनले ५ हजार ८ सय ८६ मत प्राप्त गरेका छन्। एमालेबाट उम्मेदवार बनेकी उनको निकटतम् प्रतिद्वन्द्वी शोभा पन्थी चिलुवालले ३ हजार २ सय ३४ मत प्राप्त गरी उपाध्यक्षमा पराजित भइन्।

राइनास नगरपालिकाको १० वटा वडामध्ये वडा नम्बर ४, ६, ९ र १० मा कांग्रेसले जितेको छ। यस्तै वडा नम्बर १, ५, ७ मा माओवादी केन्द्र, ३ मा स्वतन्त्र र २ र ८ मा एमाले विजयी भएको छ। राइनास नगरपालिकामा ०७४ को स्थानीय तहमा एमालेले प्रमुख र कांग्रेसले उपप्रमुख जितेको थियो।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार