काठमाडौं । पालिका चुनाव–२०७९ अन्तर्गत अहिलेसम्म ६ सय १४ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार २ सय वटा नगरपालिका र ४ सय १९ वटा गाउँपालिका गरी ६ सय १९ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको हो ।
नेपाली कांग्रेस
अहिलेसम्म नेपाली कांग्रेस २ सय ७५ पालिका जितेर पहिलो स्थानमा छ । कांग्रेसले ९९ वटा नगरपालिकाको मेयर र १ सय ७६ वटा गाउँपालिकाको अध्यक्ष जितेको छ ।
यस्तै, कांग्रेसले ७४ वटा नगरपालिकाको उपमेयर र १ सय ७७ वटा गाउँपालिकाको उपाध्यक्ष जितेको छ । कांग्रेसले अहिलेसम्म २ सय ५१ पालिकामा उपमेयर तथा उपाध्यक्ष जितेको हो । नेपाली कांग्रेस २ हजार ३ सय ५० वटा वडाअध्यक्ष पदमा विजयी भएको छ ।
नेकपा एमाले
एमाले दोस्रो स्थानमा कायमै छ । एमालेले अहिलेसम्म ५७ वटा नगरपालिकाको मेयर र १ सय १३ वटा गाउँपालिकाको अध्यक्ष गरी १ सय ७० वटा पालिकाको प्रमुख पद जितेको छ ।
यस्तै, एमालेले ७५ वटा नगरपालिकाको उपमेयर, १ सय १६ वटा गाउँपालिकाको उपाध्यक्ष जितेको छ । एमालेले अहिलेसम्म १ सय ९१ वटामा उपमेयर तथा उपाध्यक्ष जितेको छ । एमाले १ हजार ८ सय ८१ वटा वडाअध्यक्ष पदमा निर्वाचित भएको छ ।
माओवादी केन्द्र
नेकपा माओवादी केन्द्रले २० वटा नगरपालिकाको मेयर र ९२ वटा गाउँपालिकाको अध्यक्ष गरी १ सय १२ वटा पालिकाको प्रमुख पद जितेको छ ।
माओवादी केन्द्रले २८ वटा नगरपालिकाको उपमेयर, ८९ वटा गाउँपालिकाको उपाध्यक्ष गरी १ सय १७ वटा उपमेयररउपाध्यक्ष जितेको छ । माओवादी केन्द्रबाट ९ सय ८२ वटा वडाअध्यक्ष पदमा निर्वाचित भएका छन् ।
नेकपा (एकीकृत समाजवादी)
नेकपा एकीकृत समाजवादीले ६ वटा नगरपालिकाको मेयर र ८ वटा गाउँपालिकाको अध्यक्षमा गरी जम्मा १४ वटा प्रमुखमा जितेको छ । समाजवादीले ८ वटामा उपमेयर जितेको छ ।
जसपा
जनता समाजवादी पार्टी ९जसपा० ले अहिलेसम्म १५ वटा पालिकामा अध्यक्ष जितेको छ । जसपाले १३ वटामा उपाध्यक्ष र २ सय २८ वटामा वडाअध्यक्ष जितेको छ ।
स्वतन्त्र र अन्य दल
यस्तै, स्वतन्त्र र अन्य दलले गरी ३३ वटा पालिकामा मेयररअध्यक्ष जितेका छन् । स्वतन्त्र र अन्य दलहरुले ३९ वटा पालिकामा उपमेयर तथा उपाध्यक्ष जितेका निर्वाचन आयोगले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




