काठमाडौं । सार्वजनिक सवारीको भाडा बढाएको छ। पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि पछि सार्वजनिक सवारीको भाडा समायोजन भएको यातायात व्यवस्था विभागले जनाएको छ।

यसअघि जेठ ४ गतेदेखि लागु हुनेगरी जेठ ३ गते सवारी भाडा बढेको थियो। त्यसको एक सातामै दोस्रोपटक अहिले भाडा बढेको हो। विभागले अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा यात्रुबाहक तर्फ २.१ प्रतिशत भाडा बढाएको हो। त्यस्तै पहाडी बाटोमा गुड्ने मालबाहकमा २.७ प्रतिशत र तराइको बाटोमा गुड्ने मालबाहक सवारीमा ३ प्रतिशत भाडा बढाएको हो।

नेपाल आयत निगमले यही जेठ ८ गते इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएको थियो। विभागले केही समयअघि इन्धनको मूल्य ५ प्रतिशत वा सोभन्दा बढी बढेमा स्वचालित रुपमा भाडा समायोजन हुने व्यवस्था कार्यान्वयनमा ल्याएको थियो। समायोजन भएको भाडा राष्ट्रियस्तरका रुटमा जेठ १० अर्थात आजैदेखि नै लागु हुनेछ।

 

https://drive.google.com/file/d/1aSZaj6Mlg6tTSMDnW1zX6QBullde6Z-2/view


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार