कृष्ण प्रसाद बस्याल सोल  । पछिल्लो समयमा दक्षिण कोरियामा नेपालीले आत्महत्या गर्ने क्रम बढेपछि त्यसको न्युनिकरण गर्न आत्महत्या सम्बन्धि सेमिनार गरिएको छ ।

कोरियाको छ्नान स्थित बैदेशिक परामर्श केन्द्रमा एक दिने आत्महत्या सम्बन्धि सेमिनार गरियो ।सेमिनार उदघाटन गर्नु अघि परामर्श केन्द्रको निमन्त्रणामा आउनुभएका कोरियाका लागि नेपाली राजदुत अर्जुन जङ बहादुर सिंहले त्यसलाई न्युनिकरण गर्न आफु हरदम तयार रहेको बताउनुभयो ।

सेमिनारमा कोरियन मनोबिदले आत्महत्या सम्बन्धि गरेको सेमिनारको नेपाली अनुवादक रमेश बिडारीले अनुवाद गर्नु भएको थियो । दक्षिण कोरियामा रहेका नेपालीहरुको उल्लेख्य रुपमा सहभागि भएको सेमिनार धेरै प्रभावकारी रहेको सहभागिहरुले बताए ।

उक्त सेमिनारमा एच आर डि कोरियाको निमन्त्रणामा दुई दिने भ्रमणमा आउनु भएका उदेश श्रेष्ठले कोरियाबाट फर्केपछि नेपालमा गएर के गर्ने भन्ने कुरामा छोटो जानकारी   दिनुभएको थियो ।

सेमिनारमा कोरियामा रहेका बिभिन्न भिसा र पछिल्लो समयमा परिवर्तन भएका नयाँ भिसा सम्बन्धि छ्नान बैदेशिक परामर्श केन्द्रकी नेपाली परामर्शदाता शसी मल्लले जानकारी दिनुभएको थियो ।



प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार