काठमाडौं । सन् २०१० की मिस नेपाल सदीक्षा श्रेष्ठ र प्रेमी राहुल मोक्तानबीच मंगलबार बिहे हुने भएको छ । उनीहरुले झन्डै एक वर्षको प्रेम सम्वन्धलाई दाम्पत्य जीवनमा परिणत गर्न लागेका हुन् ।

नेवारी परम्पराअनुसार हुने बिहेको लागि यतिबेला दुबैजनाले तयारी गरिरहेका छन् । मंगलबार गैरीधाराको सिल्भर ओक पार्टी प्यालेसमा रिसेप्सन आयोजना गरिएको छ । नेवारी चलनअनुसार सोही रात बिहेको साइत रहेको सदीक्षा निकट स्रोतले जानकारी दियो ।

नेवारी चलनअनुसार केटीले पहिले रिसेप्सन दिएपछि केटाले जन्ती लिएर आउने परम्परा छ । बल्ल त्यसपछि केटा पक्षले भोज दिने चलन छ । काठमाडौंमै जिमखाना सन्चालन गरिरहेका राहुल र सदीक्षाले एक वर्षदेखि डेट गरिरहेका छन् ।

उनीहरुले सामाजिक सन्जालमा समेत आफ्नो सम्बन्धलाई खुलारुपमा प्रस्तुत गरिरहेका थिए । सदीक्षाले गतसाता सम्पन्न डान्सिङ स्टार्स नेपालमा होस्टको रुपमा काम गरेकी थिइन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार