सांकेतिक तस्विर

काठमाडौं । सिन्धुपाल्चोकको सुकुटे रिसोर्टमा युवतीलाई बलात्कार गरेको आरोपमा नेपाल प्रहरीले काठमाडौंबाट ३ जनालाई पक्राउ गरेको छ । आरोपीहरुमाथि ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बलात्कार आरोपमा प्रहरीले काठमाडौंको कलंकी बस्ने १८ वर्षीय प्रिन्स थपलिया, रुस कार्की र २६ वर्षका सुलभ क्षेत्रीलाई पक्राउ गरेको छ । रिसोर्टमा २६ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा उनीहरुलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गत असार १८ मा चौतारा साँगाचोकगढी नगरपालिका–९ स्थित सुकुटे बिच एडभेन्चर क्याम्प रिसोर्टको टेण्टमा आफूमाथि बलात्कार भएको युवतीले आरोप लगाएकी छिन् । बिहान ३ बजे टेण्टमा सुतिरहेको बेला आफु बलात्कृत भएको पीडित युवतीले प्रहरीलाई बताएकी छिन् । युवती छुट्टै ९ जनाको समूहमा घुम्न गएकी थिइन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार