काठमाडौं । दुई वर्षअघिको निकै चर्चित गीत ‘‘सोचेझैं जिन्दगी रैनछ’ कि गायिका मधु क्षेत्रीले दोस्रो बिवाह गरेकी छिन् । अब यी चर्चित गायिकाले अब संगीतसँग सम्बन्ध विच्छेद गरेर स्थायी बसोबास गर्ने उद्देश्य लिएर अस्ट्रेलिया जाँदैछिन् ।

अहिले अस्ट्रेलियामा बसोबास गरिरहेका प्रेमी सुरेश खड्कासँग हालै विवाह गरेकी मुध उतै बस्ने गरेर जाने तयारीमा छन् । सिड्नीमा बस्दै आएका खड्का र मधु दुई जनाले हालै कानुनी बिहे गरेका छन् । पहिलो बिहे असफल भएपछि सिंगल उनले दोस्रो बिहे गरेकी हुन् । आफूलाई माया गर्ने स्वभावको भएको मधुले बताएकी छन् ।

हालैको एक अन्तर्वार्तामा मधुले आफूले गीत गाउन छाडिसकेको बताएकी छन् । ‘मैले संगीत क्षेत्रलाई छाडें । दुईवटा नाउमा खुट्टा राख्दा डुबिन्छ । अस्ट्रेलिया जानुअघि म यादहरु बोकेर जान्छु,’ उनी भन्छिन् । विदेशिनुअघि श्रीमान र परिवारलाई राखेर गीत गाउने इच्छा व्यक्त गरेकी छिन् । ‘मलाई लोकसंगीतले धेरै थोक दिएको छ । दोहोरी क्षेत्रमा लागेर छोरीलाई १७ वर्षकी बनाएँ । अब मेरो सांगीतिक यात्रा टुंगियो,’ उनले भनिन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार