बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेकपा एमाले विजयी भएको छ । अन्तिम मत परिणाम अनुसार एमालेले ७ वडासहित मेयर र उपमेयरमा बाजी मारेको हो ।

मेयरमा एमालेका रामबहादुर बानियाँले कांग्रेसका रङ्गबहादुर खातीलाई हराए । त्यस्तै उपमेयरमा एमालेकी मायाकुमारी खड्काले र कांग्रेसकी रिता शाहीलाई पराजित गरिन् ।

बानियाँले ४ हजार ७७७ मत पाउँदा कांग्रेसका रंगबहादुर खाती ३ हजार ७७४ मतमा रोकिए । त्यस्तै उपमेयरमा एमालेकी मायाकुमारी खड्काले ४ हजार ७२७ र कांग्रेसकी रिता शाहीले ३ हजार ७५५ मत ल्याए । मेयरमा १ हजार ३ र उपमेयरमा ९७२ मतको फरक छ ।

अन्तिम मतगणनाअनुसार १० वटा वडामध्ये ७ वडाध्यक्षसहित एमालेका उम्मेदवार विजयी भएका छन्े । एमालेले वडा नम्बर १, २, ३ , ५, ६, ९, र १० को वडा अध्यक्ष जिते । कांग्रेसले ४, ७ र ८ को अध्यक्षमा जित हासिल गरे ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार