काठमाडौं । काठमाडौं उपत्यकाबाट बाहिरिने र भित्रने मुख्य नाका नागढुंगा–नौबिसे सुरुङमार्गमा अर्को साउनदेखि गाडी कुदाउन सकिने भएको छ । निर्माण आयोजनाका अनुसार आगामी वर्षसम्म सुरुङमार्गको काम सकेर गाडी कुदाउन मिल्नेगरी काम भइरहेको छ ।
नागढुंगा–नौबिसे सुरुङमार्ग आयोजनाका निर्देशक नरेशमान शाक्यले लक्ष्य पूरा गर्न अहिले दुई सिफ्टमा फुल फ्लेजमा काम भइरहेको बताएका छन् ।शाक्यले हाल दैनिक १० देखि १२ मिटरसम्म सुरुङमार्ग खन्ने काम पूरा भइरहेको जानकारी दिएका छन् ।
कोभिडलगायतका कारण सुरुवाती चरणमा निर्माण आयोजना केही ढिला हुन गए पनि अहिले फुल फ्लेजमा काम सञ्चालन भइरहेको उनको भनाइ छ । सुरुङमार्गसँगै लाइनिङलगायत फिनिसिङको काम पनि सँगसँगै भइरहेको आयोजनाले जनाएको छ । अहिले दुवैतिरको पोर्टलमा गरी दैनिक ५ सय ४० जनाले काम गरिरहेका आयोजनाले जनाएको छ ।
निर्माण आयोजनामा मुआब्जाका विषयसमेत समस्यामा रूपमा रहँदै आएको छ । आयोजनाले भने मुआब्जा वितरणदेखि क्षतिपूर्तिका सम्पूर्ण कार्य अहिले अन्तिम चरणमा पुगेको जनाएको छ । आयोजनाले फ्लाइओभरका लागि मात्र ८० प्रतिशत मुआब्जा वितरण गरिसकेको र बाँकी २० प्रतिशत मुआब्जा रकम यही आर्थिक वर्षभित्र बाँड्ने योजना रहेको जनाएको छ ।
सुरुङ आयोजनाको निर्माणअन्तर्गत काठमाडौंतिर ओभरपास निर्माण सकिएको र बलम्बुमा फ्लाइओभर निर्माणको तयारी थालिएको आयोजनाको भनाइ छ ।आजको राजधानी दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




