दोहा । कथाकार, निर्देशक तथा नायक रितुराज पाख्रीन र नायिका सुनिता लुङ्बा अभिनित तामाङ चलचित्र ‘काख्रे’ कतारमा प्रदर्शन हुने भएको छ । नेपाल
प्रवासी तामाङ समाज कतारको संस्कृति तथा कलाकार विभागको आयोजनामा यही जुलाइ २९ तारिखका दिन ठिक ११स्०० बजे बिहान सालिमार इस्तामबुल रेस्टुरेन्ट दोहा, नज्मामा प्रदर्शन हुने भएको हो ।
तामाङ चलचित्र कतारमा प्रदशन हुने यो पहिलो पटक भने होइन बिगतमा सेर्कु, काला दाग, जस्ता तामाङ चलचित्र कतारमा प्रदशन भै सकेको छ । कोरोनाको कहरले प्रदर्शन हुन नसकिरहेको तामाङ चलचित्र काख्रे राष्ट्रिय नाचघर जमलमा प्रदर्शन भैसकेको छ । चलचित्र प्रदर्शनसंगै सांस्कृतिक कार्यक्रम पनि हुने आयोजक टिमले जानकारी गराएका छन । कार्यक्रममा कलाकार सेलो गायक कुमार ओख्रेली, सेलो गायक सुन्दर मोक्तान गायिका मुस्कान रुम्बा लगायतका कलाकारहरुको भव्य प्रस्तुती रहनेछ ।
ल्हाप्साङ कर्पो म्युजिक सेन्टरको ब्यानरमा निर्माण गरिएको उक्त चलचित्रलाई रोशन फ्युवा तामाङले निर्देशन, कथाकार तथा नायक ऋतुराज पाख्रिनको कथा रहेको छ । उक्त चलचित्रको निर्माता प्रबल थिङ रहेको छ भने सह निर्माता शेखर थापा, शंकर पुढाशैनी र सरिता तामाङ रहेका छन ।
चलचित्रमा ऋतुराज पाख्रिन, सुनिता लुङ्बा, कुईसाङ रुम्बा, प्रबल थिङ, सिंग बहादुर तामाङ,सपना वाईबा, प्रभा घिसिङ, किरण गोर्खे, रेशम श्याउली, किरण साजन, लोप्साङ लामा, राम गोले, गेल्डेन तामाङ, रोशन तामाङ, माया स्याङबो लगायत कलाकारहरुको अभिनय रहेको छ । यसैगरी, चलचित्रमा विशाल काल्तान र रिन्जिन लामाको संगीत रहेको छ । प्रकाश तामाङले छायांकन गरेको उक्त चलचित्रमा द्वन्द राजु किरातको रहेको छ भने शृंगार अस्मिताको रहेको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




