काठमाडौं । ‘शिव हमालको रचना, आशिष अविरलको संगीत र सुशीला पाठकको स्वर रहेको पापाकी परी’ बोलको गीतका केही शब्द र भिडियोमा पेटिकोटका दृश्य अपाच्य भएपछि गीत विवादमा आएको छ ।

मंगलबार युट्युबमा रिलिज भएको यस गीतमा मोडल करिश्मा ढकालले पेटिकोट लगाएर नृत्य गरेकी छन् । हमाल राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानका कार्यसमिति पदाधिकारी र विकृति विसंगति न्यूनीकरण संयोजक समेत रहेका हमालले गत महिना विज्ञप्ति जारी गर्दै उनी आफैंले अपाच्य र अभद्र गीत रिलिज गरे कारवाही गर्ने चेतावनी समेत दिएका थिए ।

तर उनकै शब्द रचना रहेको तीज गीतको म्युजिक भिडियो यतिबेला विवादित बनेको छ । गीत हटाउन चौतर्फी दबाब परेपछि उनले माफी मागेका छन् । तर मोडल करिश्मा ढकाल र गायिका पाठकले चाहिं गीत उपयुक्त रहेको भन्दै हटाउन जरुरी नरहेको बताएका छन् ।

https://www.youtube.com/watch?v=OboRa3l4gSk&t=1s


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार