जापान । सत्तारुढ दल नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराबिरुद्दको महाअभियोगबारे छलफल गर्ने उपयुक्त समय आएकाले संसद पेश गरेको बताएका छन् ।

जापानको टोकियोमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले न्यायालयलाई ट्र्याकमा ल्याउन महाअभियोग लगाएको बताए । ‘कुनै गलत मनासयले महाअभियोग छलफलका लागि नल्याएको होइन ।’ उनले भने ‘सरकारले उपयुक्त समय हेरेर अहिले छलफलका लागि संसदमा पेश गरेको हो ।’

महाअभियोग प्रस्ताव पास गराउन प्रमुख प्रतिपक्षले पनि सहयोग गर्नेमा आफुलाई विश्वाश लागेको बताउदै प्रचन्डले महाअभियोग दर्ता गरेपछी अदालतले गती लिएको दाबी गरे ।

https://www.youtube.com/watch?v=iorMMN45jvc


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार