कावासाकी/ जापान । नेपाली हिन्दू नारीहरूको महान चाड हरितालिका तीजको अवसरमा नवलपुर समाज-जापानले “तीज धमाका” विशेष सांगीतिक कार्यक्रम गर्ने भएको छ ।नेपालका चर्चित तथा जापानमा रहेर सांगीतिक कर्म गर्दै आएका गायक-गायिकाको साथमा यही अगष्ट २९ गते सोमवार सो कार्यक्रम गर्न लागिएको हो ।
तीजको दर खाने दिन दिउँसो ३ बजेबाट शुरू गर्ने योजना रहेको “तीज धमाका” कार्यक्रम कावासाकी स्टेसनसंगै रहेको व्यापारिक केन्द्र लाजोनाको ५ औं तल्लामा रहेको हलमा राखिएको कार्यक्रम संयोजक प्रेमप्रसाद कँडेलले जानकारी दिनुभयो । संयोजक कँडेलका अनुसार, कार्यक्रममा सहभागिताका लागि साधारण टिकट २ हजार येनको र भिआईपी टिकट १ मान येनको क़ायम गरिएको छ ।
कार्यक्रममा नेपाली लोकसंगीतका पूराना अनि लोकप्रिय गायक-गायिका बद्री पंगेनी र सम्झना भण्डारीका साथमा जापानमा रहेका संगीतकर्मीहरू अमित सापकोटा, निशा क्षेत्री, खेमराज पौडेल, शान्ता जिसी, शिवा केसीलगायतले आफ्नो धमाकेदार प्रस्तुति दिने नवलपुर समाज-जापानले जनाएको छ ।
“हामीले नवलपुर जिल्लाबाट नेपाली गीतसंगीतको क्षेत्रमा उदाएका धेरै कलाकारहरूलाई ल्याउने प्रयास गरेकापनि हौं”, संयोजक कँडेलले भने,”तर नेपालस्थित जापानी दूतावासबाट भिसा सुनिश्चित हुन नसक्दा त्यो चाहना भने पूरा गर्न सकेनौं ।”
नवलपुर समाज-जापानका अध्यक्ष कृष्ण खरेलले कोरोना कहरका कारण केही वर्षदेखि गुम्सिएका रहरलाई पूरा गराउनका लागि तीज धमाकाको आयोजना गरिएको स्पष्ट पारे ।
“परदेशमा रहेरपनि नेपाली कला-संस्कृति अनि रितिथितिको सम्झना र जगेर्ना गर्ने उद्देश्यले हामीले यो कार्यक्रमको आयोजना गरेका हौं”, अध्यक्ष खरेलले भने,”वर्षौदेखिको साथीसंगी अनि ईष्टमित्रसंग भेटघाट अनि जमघट हुने चाहनालाई यो कार्यक्रमले परिपूर्ति गर्ने विश्वास हामीले लिएका छौं ।”
सो कार्यक्रमलाई भव्य अनि सभ्य किसिमले सम्पन्न गर्नका लागि नवलपुरवासी तथा जापानमा कार्यक्रम स्थल वरपर रहनु भएका सबै नेपाली समुदायलाई सहभागिताका लागि नवलपुर समाज-जापानले अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




