टोकियो/जापान। जापान अन्य देशको तुलनामा अपराधिक घटनाहरु कम हुने मुलुक भन्ने गरिएता पनि पुर्वप्रधानमन्त्री आवेको दिनदहाडै गोली प्रहार गरि हत्या भएको घटना पश्चात धेरैलाई जापान सुरक्षित मुलुक हो जस्तो लाग्दैन ।

यद्यपी,घटना र नजिरहरु जे जस्तो भएपनि जापानमा पटक/पटक अपत्यारिला अपराधिक घटनाहरु घट्ने गरेका छन् । यसै सन्दर्भमा, गत साताको सोमबार टोकियोमा प्रहरी खनतलासी गर्दा एक जना व्यक्ति विस्फोटक पदार्थ सहित फेला परेको जापानी संचार माध्यमहरुले खबर प्रकाशन गरेका छन् । घटना गत सोमबार राती ९ बजेतिर जापान स्थित अमेरिकी दुतावास अगाडीको हो ।

जापानमा,प्रहरीले विभिन्न स्टेसन तथा चोकहरुमा वेला/वेला शंकास्पद ठानेका व्यक्तिहरुको खनतलासी गर्ने गर्दछ । यसरी प्रहरीले बाटोमा हिँडिरहेको जो कसैलाई पनि रोकेर, नाम,पेशा तथा बसोवास लगायत सोध्दै आधिकारिक आवास (जाईर्यु )कार्ड देखाउन लगाउने गर्दछ । यसो गर्दा कहिले कहीँ अपराधिक गतिविधिमा संलग्नहरु पक्राउ पर्ने पनि गरेका छन् ।

यस्तै,सोधपुछ गर्नेक्रममा गत सोमबार अमेरिकी दुताबास अघि हिडिरहेका एक २० वर्ष उमेर समूहका विद्यार्थीले गोजीमा विस्फोटक पदार्थले भरिएको कप जस्तो वस्तु बोकेर हिँडेको फेला परेको हो । जबकी जापानमा सामान्य भान्सामा प्रयोग हुने चक्कु समेत प्याकिङ्/र्यापिङ खोलेर बोकेर हिँड्न कानुनीरुपमा बर्जित छ ।

जापानमा विस्फोटक पदार्थ किन्न सजिलो छैन, देशको कडा बन्दुक नियन्त्रण कानूनका कारण कुनै पनि विस्फोटक पदार्थ लिएर हिँडन असम्भव जस्तै छ । तर ती व्यक्तिले आफूले ना बारूद आफैं बनाएर विस्फोटन गराउन खोजेको प्रहरीले जनाएको छ । उनले प्रहरीलाई भने, ‘मैले अनलाइनबाट बारूद कसरी बनाउने भनेर अनुसन्धान गरें। र बनाएँ , “म यहाँ दूतावासमा फाल्न आएको हुँ।”

ति व्यक्तिलाई अहिले जापानको विस्फोटक पदार्थ नियन्त्रण ऐन उल्लङ्घन गरेको आशंकामा अनुसन्धान भइरहेको छ, र विशेष गरी बारूदसँग सम्बन्धित अपराध र आगजनीको बारेमा बढेको चिन्तालाई ध्यानमा राख्दै, दुतावासमा विस्फोटन गराउने योजना बताएपछि ति व्यक्ति मुक्त हुने सम्भावना छैन।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार