निशान राना

नेपाली नारीहरुको महान पर्ब हरितालिका तीजको अवसरमा स्याङ्ग्जा समाज जापान नागोया क्षेत्रको आयोजनामा यही महिनाको ३१ तारिक बुधवार नागोया कोकुसाइ सेन्टेरमा गर्ने भनिएको नागोयो तीज फेस्टिवलमा बिद्यार्थीहरुलाई सहुलियत स्वरुप प्रबेश शुल्कमा ५० प्रतिशत छुट गरिएको आयोजकले जानकारी दिएका छन् ।

अहिले नागोया शहरमा बिगतका बर्षहरुको तुलनामा नेपाली बिद्यार्थीहरुको संख्या बढे संगै बिद्यार्थीहरुमा आर्थिक लागएतका बिबिध समस्या देखा परेको र आफ्नै ठाउँमा हुने तीज फेस्टिवल जस्तो महान पर्बमा केही मात्रमा भएपनि बिद्यार्थीलाई सहुलियत होस् भन्ने हेटुले ५० प्रतिशत छुट गरिएको सस्थाका अध्यक्ष निशान रानाले बताएका छन् ।

केही बर्ष यता जापानको बिभिन्न शहरमा नेपालका ख्याती प्राप्त कलाकारहरुलाई आमन्त्रित गरी जापानमा रहेका नेपालीहरुलाई तीजको मनोरन्जन प्रदान गर्दै आईरहेका यस समाजले यस बर्ष पनि जापानबासी नेपाली समुदायहरुको तीजको प्यास मेटाउनको लागि नेपाली लोकदोहोरी क्षेत्रका बरिष्ठ लोक दोहोरी गायिका शर्मिला गुरुङ र चर्चित लोक दोहोरी गायक पशुपति शर्मा जापान आउने भएको छ ।

जापान मै कर्म थलो बनाएका मिठो स्वरको धनी प्रदेशी गायक सुर्य खड्का लागएत स्थानिय कलाकारहरुको पनि थप प्रस्तुती रहने छ । समाजले यस कार्यक्रम मनोरन्जनका लागि मात्र नभई आकस्मित रुपमा भैइपरी आउने दैबिक प्रकोप लगायत बिबिध आपत बिपतमा परेकाहरुको उद्दारको लागि “आपतकालीन राहत कोष सहयोगार्थ “ गर्न लागिएको कार्यक्रम भएकोले पनि सम्पूर्ण जापानबासी नेपालीहरुलाई कार्यक्रममा उपस्थित भई मनोरन्जन लिनु हुनको लागि सस्थाका उपाध्यक्ष तथा कार्यक्रम सन्योजक मित्र सिग्देलले अनुरोध गरेको छ ।

समाजको तीज कार्यक्रम नागोया लगाएत टोकियोमा यही महिनाको २८ तारिख आईतवार नाकनो जेरो हलमा र सिजुओकामा २९ तारिख सोमबार आईसेरु २१ हल हुने तय भएको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार