काठमाडौं । फिल्म निर्देशक तथा डान्स कोरियोग्राफर रेनशा राईले जुम्ल्याहा बच्चालाई जन्म दिएकी छन् । उनले नर्भिक अस्पतालमा एक छोरा र एक छोरीलाई जन्म दिएको उनका पति तथा निर्माता प्रज्वल राणाले जानकारी दिए ।

दुवै बच्चा स्वस्थ रहेपनि रेनशा केही दिन अस्पतालमै रहनेछिन् । एक दशकदेखिको प्रेम सम्बन्धलाई प्रज्वल र रेनशाले तीन वर्षअघि विवाहमा परिणत गरेका थिए । रेनशा पछिल्लोपटक हिमालय टिभीबाट प्रसारण भएको डान्सिङ स्टार्स नेपालको निर्णायक पनि थिइन् ।

गर्भवती अवस्थामै समेत उक्त रियालिटी शोमा थिइन् । रेनशाद्धारा निर्देशित फिल्म ‘आइएम ट्वान्टी वान’ आगामी बैशाखमा प्रदर्शनको तयारीमा छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार