इटहरी । सुनसरीमा १४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरी फरार रहेका आरोपीलाई प्रहरीले १८ वर्षपछि पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता, डीएसपी राजकुमार राईका अनुसार २०६१ मंसिर २३ गते रातको समयमा इनरुवा २ मा १४ वर्षीया बालिकालाई सुरज बिकसहितको समूहले आफ्नै घरमा सामूहिक बलात्कार गरेको थियो ।
प्रहरीका अनुसार ४-५ जनाको समूहले बालिका बलात्कार गरेपनि बिक फरार रहँदै आएका थिए । घरमा सुतेको अवस्थामा पीडित बालिकाका बुबा–आमालाई हात खुट्टा तथा मुखमा पट्टी बाँधेर बालिकालाई सामूहिक बलात्कार गरी अचेत अवस्थामा छाडेर फरार भएको खुलेको डीएसपी राईले बताए ।
उनका अुनसार सर्वोच्च अदालतबाट प्रतिवादी सुरज विश्वकर्माको ९ वर्ष ५ महिना १९ दिन कैद भुक्तान तोकेको थियो । कैद भुक्तान गर्न बाँकी रहेकालाई खोजतलास गर्ने क्रममा विश्वकर्मालाई २०७९ भदौ ५ गते बराहक्षेत्र नगरपालिका वडा नं। ५ भरौलबाट पक्राउ गरिएको हो ।
फरार प्रतिवादीलाई कैद भुक्तानको लागि झुम्का कारागार पठाइएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार आर्थिक वर्ष २०७९।८० मा ६७ जना फरार प्रतिवादीलाई पक्राउ गरी कानूनी दायरामा ल्याइएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




