टोकियो/जापान। पछिल्लो केहि महिनायता निरन्तर उच्च संक्रमण पुष्टि हुँदै आएको जापानमा बिस्तारै कोरोना संक्रमण घट्ने संकेत देखिएको छ ।

दैनिक २ लाख ५० हजार भन्दा बढी संक्रमण देखिँदा पनि कुनै विशेष रोकथामका उपायहरु कार्यन्वयन नगरेको जापान सरकारले सामान्य रोग सरहकै व्यवहारबाट कोरोनाको सातौँ लहरलाई निययन्त्रणमा लिने प्रयासले सार्थकता प्राप्त गर्ने आशा देखिएको सरोकारवालाहरुले बताएका छन् ।

आज, जापानभर जम्मा ९५ हजार ९ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने संक्रमित मध्ये २३३ जनाको मृत्यु भएको छ । आज पुष्टि भएको संक्रमित संख्या तुलनात्मकरुपमा निकै नै कमि हो । मृत्युदर विगतका तुलनमा केहि उच्च देखिएता पनि समग्रमा संक्रमणदर भने घट्दै गएकोछ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार